भक्तपुर नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा भोलाछे“ पाटी उद्घाटन एवं महालक्ष्मी द्योछे“ छाना मर्मत, वडा कार्यालय भवन छाना मर्मत र भोलाछे“ बाटो ढु·ा छपाइ कार्यको हिसाब सार्वजनिकीकरण कार्यक्रम शुक्रबार भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक नगर भक्तपुरको मठ, मन्दिर, पाटीपौवा, बाटोघाटो सम्पदा पुनःनिर्माण कार्य ठेक्कापट्टामा नभई स्थानीय उपभोक्ता समितिमार्फत पारदर्शी रूपमा स्थानीय स्रोत, साधन र श्रम प्रयोग गरी विकास निर्माण कार्य भइरहेको बताउनुभयो ।
उहा“ले माटो जोडाइमा थन्थु दरबार पुनःनिर्माण कार्य भइरहेको बताउ“दै नगरमा विभिन्न सभा सम्मेलनको लागि ध्यान दिई अरनिको सभा भवन निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो ।
ख्वप आदर निकेतन सञ्चालन गर्न आवश्यक पहल भइरहेको जनाउ“दै उहा“ले पर्यटन विकासको लागि कोसेली घर व्यवस्था गर्नेतर्फ लागिरहेका छौ“ भन्नुभयो ।
उहा“ले युवाहरू विदेसिरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भक्तपुर नगरपालिकाले युवा लक्षित विभिन्न सीपमूलक तालिमहरू कम्प्युटर, पाक शिक्षा, जग्गा नापजा“च, सिलाइ बुनाइ, जुत्ता सिलाउनेलगायतका तालिमहरू सञ्चालन गरी व्यवसाय प्रवद्र्धनका लागि ५ लाखसम्मको व्यवसाय ऋण उपलब्ध गरिरहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीको चुनावी घोषणापत्रअनुसार अक्षरसः पालना गरिरहेको चर्चा गर्दै उहा“ले राजनैतिक कार्यकर्ताहरू लक्ष्य प्राप्त गर्न निरन्तर लाग्नुपर्ने आवश्यकता औ“ल्याउनुभयो ।
भनपा ६ नं. वडाका वडाध्यक्ष एवं कार्यक्रमका सभापति हरिराम सुवालले वडाको विकास निर्माण कार्यमा वडावासीहरूको राय, सुझाव साथ सहयोगमा काम अघि बढिरहेको चर्चा गर्नुभयो ।
कार्यपालिका सदस्य रोशनमैया“ सुवालले घरघरैबाट कुहिने र नकुहिने फोहोर छुट्याई फोहोर सङ्कलन व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्दै भक्तपुर नगरपालिकाले सफाइ क्षेत्रमा भइरहेको खर्च कम गरी अन्य शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार गर्न थप टेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
वडा सदस्य गोविन्द दुवालले धनी र गरिब नहुने समाजवादी व्यवस्था स्थापना गर्न नेपाल मजदुर किसान पार्टी सङ्घर्षरत रहेको चर्चा गर्दै सत्तासीन दलहरू ठेक्कापट्टा, कमिसन, भ्रष्टाचार गर्न लिप्त रहेको बताउनुभयो ।
कार्यक्रममा भोलाछे“ पाटी पुनःनिर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सानुमैया बजिकों, महाकाली द्योछे“ छाना मर्मत उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र जति, वडा कार्यालय भवन छाना मर्मत उपभोक्ता समितिका कोषाध्यक्ष सानुमैया बजिको, भोलाछे“ बाटो ढु·ा छपाइ कार्य उपभोक्ता समितिका अध्यक्ष मञ्जु खोटेजाले खर्चबारे जानकारी दिनुभयो ।
समाजसेवी गोपीकृष्ण चा“गुभारी र वडा सदस्य सिद्धिराम अवालले पनि आ–आÇनो धारणा व्यक्त गर्नुभएको थियो ।