नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) ले ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ‘इन्भारोमेन्टल, सोसियल एन्ड गभर्नान्स रिनोभेसन’ विषयक दुईदिने चौथो राष्ट्रिय सम्मेलन बिहीबार एक समारोहबिच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छे“ले नेमकिपाको तर्फबाट देशको राजधानी काठमाडौ“बाट बाहिर सार्नुपर्ने प्रस्ताव ३५ वर्ष अगाडि नै राखेकोमा शासक पार्टीहरूले नस्वीकार्दा अहिले राजधानी काठमाडौ“ अस्तव्यस्त भएको बताउनुभयो ।

नेपालको आवश्यकता नेपाली विश्वविद्यालयले मात्र पूरा गर्नसक्ने भएकोले भनपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्न खोजेको धारणा अध्यक्ष बिजुक्छे“ले राख्नुभयो ।
उहा“ले भन्नुभयो, “देशको नेतृत्वमा बस्नेहरूले विदेशीस“ग नभई स्वदेशी विज्ञ, बुद्धिजीवी र विश्वविद्यालयका प्राज्ञहरूस“ग सल्लाह लिई काम गर्नुपर्छ । स्वतन्त्रता र स्वाधीनता हासिल गरेका देशहरूले आफ्नै देशका विज्ञहरूस“ग राय सुझाव लिई स्वतन्त्ररूपमा प्रगति गरिरहेका उदाहरणबाट हामीले शिक्षा लिनुपर्छ । चीनले स्वतन्त्रता प्राप्त गरेपछि शिक्षालाई पूर्णरूपमा परिवर्तन गरी शिक्षालाई उत्पादन श्रमस“ग जोड्यो† चीनले आफ्नै ‘एडम स्मिथ’ तयार ग¥यो ।”
विदेशी विश्वविद्यालयको पाठ्यक्रम नक्कल गरेर देशको हित नहुनेतर्फ सचेत गराउ“दै अध्यक्ष बिजुक्छे“ले भन्नुभयो, “देशको परिस्थिति र माटो सुहाउ“दो उत्पादन श्रमस“ग जोडिएको विश्वविद्यालयको पाठ्यक्रम हुनुपर्छ र विश्वविद्यालयलाई स्वायत्त बनाउनु जरूरी छ ।”
उहा“ले भन्नुभयो, “नेपाली विश्वविद्यालयको शिक्षा गुणस्तरीय नहु“दा, विदेशी विश्वविद्यालयको नक्क्ल गर्दा रोजगारी तथा अध्ययनको नाममा देशको एकतिहाइ जनसङ्ख्या बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बन्न बाध्य छन् । विदेश पलायन रोक्ने हो भने आईएनजीओ र म्यान पावर कम्पनीहरू बन्द गराउनु जरूरी छ ।”
देशको परिस्थितिलाई समालोचनात्मक ढ·ले विश्लेषण गर्नु जरूरी रहेको आवश्यकता औ“ल्याउ“दै अध्यक्ष बिजुक्छे“ले भन्नुभयो, “बुद्धिजीवी, प्राध्यापकहरू राजनीतिक व्यक्ति होइनन् भन्ने गलत धारणाबाट मुक्त हुनु जरूरी छ । कुनै पनि देशको सड्ढटलाई पार लगाउन बुद्धिजीवी, प्राध्यापक र विद्वत् वर्गले महŒवपूर्ण भूमिका खेलेको कुरा संसारका क्रान्तिबाट शिक्षा लिनु जरूरी छ ।”
कार्यक्रमका सभापति एवं ख्वप कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने, २१ औ“ शताब्दीका चुनौतीहरू सामना गर्न सक्ने क्षमतावान विद्यार्थी तयार गर्ने उद्देश्यले २०५८ सालमा ख्वप कलेज स्थापना भएको र भक्तपुर नगरपालिकाले ७ वटा कलेज÷विद्यालय सञ्चालन गरी ७७ जिल्लाका सात हजारभन्दा बढी विद्यार्थीलाई अध्ययन गर्ने अवसर दिइरहेको छ भन्नुभयो ।
उहा“ले भन्नुभयो, “नेपालका विश्वविद्यालयहरू शिक्षा र अनुसन्धानको केन्द्र बन्न सकिरहेको छैन† कलेज र विश्वविद्यालयहरू विद्यार्थीलाई आत्मनिर्भर बनाउने ज्ञानको केन्द्र हुनुपर्नेमा बेरोजगारी प्रमाणपत्र वितरण गर्ने केन्द्रमात्र बनिरहेको छ ।”
प्रमुख प्रजापतिले भन्नुभयो, “अहिले उच्च शिक्षा हासिल गर्न वर्षको १ लाखभन्दा बढी विद्यार्थीहरू बाहिरिने गरेको तथ्याड्ढ सार्वजनिक भएको छ । नेपालका सयौ“ कलेजहरू खाली हुने अवस्थामा पुगेको समाचारहरू आइरहेका छन् । यो शिक्षालाई व्यापारीकरण गर्दाको परिणाम हो ।”
धेरै विद्यार्थी सङ्ख्या भएका विश्वविद्यालयहरूभन्दा कम विद्यार्थी भएका तर देशको निम्ति आवश्यक आत्मनिर्भर जनशक्ति उत्पादन गर्नसक्ने स–साना विश्वविद्यालहरू देशको लागि आवश्यक भएको धारणा राख्दै प्रमुख प्रजापतिले भन्नुभयो, “देशको लागि आवश्यक कोर्स डिजाइन गर्ने, तुरून्त कोर्स संशोधन गर्नसक्ने सक्षम विश्वविद्यालय भए सक्षम जनशक्ति उत्पादन हुन्छ । वास्तवमा ख्वप विश्वविद्यालयको माग त्यसै कारण भएको हो । ख्वप विश्वविद्यालय सञ्चालन अनुमति पाएमा देशमा एउटा विश्वविद्यालयको सङ्ख्यामात्र थपिने छैन† त्यसले नया“ नया“ कोर्सहरू डिजाइन गरी आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने विशेषता पनि कायम गर्नेछ ।”
प्रमुख प्रजापतिले भनपाद्वारा सञ्चालित कलेजहरूको तर्फबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनलाई निरन्तरता दिने कोशिश भइरहने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले राजनीतिमा ‘इनोभेसन’ आवश्यक भएको, नेपालको सन्दर्भमा नेपाल मजदुर किसान पार्टीले देशको राजनीतिलाई दिशा निर्देश गरिरहेको र देशमा शैक्षिक क्षेत्रमा कतै रूपान्तरण भएको छ भने त्यो ख्वप कलेजहरूमा मात्र भएको बताउनुभयो ।
यो वर्ष गमी र वर्षा अत्यधिक हुने प्रक्षेपण गरिएको हु“दा वातावरण परिवर्तन, प्राकृतिक विपतिबाट जोगिन सरोकारवाला निकायले पूर्व तयारी गर्नु जरूरी रहेको उहा“ले बताउनुभयो ।
अथाह सम्भावना बोकेको देश नेपालको राजनीतिमा शुद्धीकरण भएमा देश विकास हुन धेरै समय नलाग्ने प्रदेश सदस्य गोसाईले बताउनुभयो ।
सङ्घीयताको मर्मअनुसार काम हुन नसकेको चर्चा गर्दै उहा“ले सङ्घीयता विषयबारे बौद्धिक वर्गले चिन्तन गर्नु जरूरी छ भन्नुभयो ।
छिमेकी देश चीनको प्रविधि, अर्थतन्त्र, राजनीति र विकासको मोडेलबाट सिकेर अगाडि बढ्न सके देशमा परिवर्तन सम्भव भएको उहा“ले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्यले भनपा अगाडि बढिरहेको छ भन्नुभयो ।