Explore news and happenings at Bhaktapur

सहकारी अनुगमन

२०८२ जेठ ५

0
भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिले घलाँटे ३ स्थित बचत तथा ऋण सहकारी संस्था लि. मा अनुगमन ग¥यो ।
संस्थाले अध्यक्षले अरु पदाधिकारीहरुलाई आय व्यय स्पष्ट नदेखाएको, कर्मचारीले बचत संकलन गरी आफै प्रयोग गरेको, संस्थाका अध्यक्षले अन्य पदाधिकारीहरुसँग बचत लिई फसाएको, विना धितो ऋण लगानी गरेको, २ वर्षदेखि लेखा परीक्षण र साधारणसभा नगरेको, केही वर्षदेखि सञ्चालक समितिको बैठक नबसेको, कार्यक्षेत्र बाहिरकासँग आर्थिक कारोबार गरेको, सदस्यहरुको बचत फिर्ता गर्न नसकेको देखियो ।
सहकारी अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकला, श्यामसुन्दर मातां, हरिरत्न गोर्खाली, कृष्णगोपाल चौगुठी, सिद्धिराम अवालको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.