Explore news and happenings at Bhaktapur

वडा नं. २ मा पाठेघर र स्तन क्यान्सर सम्बन्धि शिविर सम्पन्न, १४८ जना लाभान्वित

भक्तपुर, जेठ ३ ।

0
भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा पाठेघर र स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भयो ।
शिविरमा प्रमुख अतिथि भक्तपुर नपाका उप-प्रमुख रजनी जोशीले शिक्षा सँगसँगै स्वस्थ जीवन जीउन समय अनुसार स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको वताउनु भयो ।
उहाँले समाज विकसित हुन महिला र पुरुष दुवै स्वस्थ हुनु पर्ने तर आजभोली सर्ने भन्दा पनि नसर्ने रोगहरू बढी देखिरहेकोले स्वास्थ्य सम्बन्धी सचेतना अपनाउनु पर्ने बताउनुभयो ।
सरकारले जनतालाई जन्म देखि मृत्यु सम्मका सबै सेवाहरु पुर्याउनुपर्ने सेवाहरु पुर्याउनु पर्ने तर पुँजीबादी सरकारले जनताका आधारभूत सेवा पनि दिन नसकेको दुरावस्थाबारे चर्चा गर्दै भनपाले समाजवाद उन्मुख कार्य गरिरहेको चर्चा गर्नु भयो।
साथै उहाँले महिलाहरु आर्थिक रूपमा सक्षम हुन एक सिप हुनुपर्ने कुरामा जोड दिदै भनपाले सिपमुलक तालिमहरु दिइरहेको बताउनुभयो ।
कार्यक्रममा २ न वडा अध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा संचालित उक्त कार्यक्रममा उहाँले वडामा भइरहेको विकास निर्माण कार्यको जानकारी दिँदै सहकारी क्षेत्रमा देखिएको समस्या न्यूनीकरण गर्न स्थानीयबासीहरू सचेत हुनुपर्नेमा जोड दिनु भयो ।
साथै उहाँले जनताको सल्लाह सुझाब अनुसार विकास निर्माणका योजनाहरु बनाउने कार्य भईरहेको समेत बताउनुभयो ।
उक्त कार्यक्रममा वडा सदस्यद्वय श्याम सुन्दर मातां र मन्जु मैया लाखाजूले पनि बोल्नु भएको थियो ।
ख्वप अस्पतालको प्राविधिक सहयोगमा संचालित उक्त शिविरमा १४८ जनाले स्वास्थ्य परिक्षण गरेका थिए।

Leave A Reply

Your email address will not be published.