भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिले आज भक्तपुर नपा वडा नं. ७ जगातिस्थित बचत तथा ऋण सहकारी संस्थामा अनुगमन ग¥यो ।
अनुगमनको क्रममा सहकारीको कार्यक्षेत्रभन्दा बाहिर रहेकालाई सदस्य बनाएको, कार्यक्षेत्र भन्दा बाहिरका सञ्चालक समितिमा रहेको, शिक्षा शिविर सञ्चालन गरिए पनि विभिन्न तालिम सञ्चालन नगरेको, विना धितो ऋण प्रदान गरिएकोमा ती रकम संकलन गर्न गाह्रो भएको, प्राथमिक पुँजी कोष १५ प्रतिशतभन्दा बढी ऋण प्रदान गरेको, सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिले औषधी उपचार खर्च लिएको देखिएको सहकारी अनुगमन समितिले जनाएको छ ।
सो अनुगमनमा सहकारी अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकला, श्यामसुन्दर मातां, हरिरत्न गोर्खाली, तारादेवी शाक्य, कृष्णगोपाल चौगुठी र सहकारी शाखा प्रमुख रेभिड कुस्माको सहभागितारहेको थियो ।