भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संसद पुनःस्थापनाले गणतन्त्रको बाटो खुल्ला गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा सम्पन्न अन्तर नगर जिम्न्याष्टिक प्रतियोगितामा सहयोगी सबैलाई धन्यवादज्ञापन कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले २०५८ साल जेठ ८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ‘संसद विघटनदेखि नै नेमकिपाले संसद पुनःस्थापनाको मागलाई अगाडि बढाएको हो’ भन्नुभयो ।
उहाँले २०६३ साल वैशाख ११ गते संसद पुनःस्थापना भएको दिनको सन्दर्भ उल्लेख गर्दै भन्नुभयो — ‘नेमकिपाले संसद पुनःस्थापनाको कुरा उठाउँदा त्यतिबेला धेरै पार्टीहरु त्यो मागमा तयार थिएनन् । सात दलले निर्णय गर्दा पनि एमाले र जनमोर्चा नेपाल अन्तिम क्षणमा मात्रै संसद पुनःस्थापनाको पक्षमा देखिए । नेमकिपाको दीर्घकालीन सोचको परिणाम देशमा संसद पुनःस्थापना भयो र त्यसैले गणतन्त्रको बाटो तय ग¥यो ।’
उहाँले खेलाडीहरुले खेलकुदमा मात्रै लागेर देशको राजनीतिबारे चिन्तन गरेनन् भने दुःख पाउने बताउँदै २०४६ सालको आन्दोलनले मसानघाटमा पु¥याएका पूर्व पञ्चहरु लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई एमाले र नेकाले पालैपालो मन्त्री बनाउनाले नै अहिलेको स्थिति उत्पन्न भएको पनि बताउनुभयो ।
देशमा गणतन्त्र स्थापना भए पनि शासक दलहरुले जनभावनाअनुसार काम गर्न नसक्दा अहिले राजावादीहरुले टाउको उठाउन थालेको उल्लेख गर्दै उहाँले अरुको भरमा राजनीति गर्नेहरुले देशलाई अगाडि बढाउन सक्दैन भन्नुभयो ।
उहाँले भन्नुभयो — ‘आलोचना गर्नेहरुभन्दा बाहिर प्रशंसा र गरेर भित्र भित्र खुट्टा तान्नेहरुदेखि खेलाडीहरु सँधै सचेत हुनुपर्छ ।’
उपप्रमुख रजनी जोशीले जिम्न्याष्टिक खेलको अध्ययन अनुसन्धान गर्नुपर्ने उल्लेख गर्दै अन्तर नगर जिम्न्याष्टिक प्रतियोगितामा सहयोग गर्ने सबैलाई धन्यवादज्ञापन गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नपाले खेलाडीहरुले खेल्ने मात्रै होइन सम्मान गर्न पनि जानेको बताउनुभयो ।
भक्तपुर जिम्न्याष्टिक संघका अध्यक्ष दिपककृष्ण प्रजापतिले कमजोरीलाई शक्तिमा बदल्ने प्रतिबद्धता व्यक्त गर्दै प्रतियोगिता पछि जिम्न्याष्टिक प्रशिक्षार्थीहरुमा उत्साहजनक वृद्धि भएकोमा खुशी व्यक्त गर्नुभयो ।