नेपाल कर्मचारी समाजको ‘सन्देश’ बुलेटिन सार्वजनिक आत्मनिर्भर देशमात्र विकासको पथमा अग्रसर हुने
भक्तपुर, १३ फागुन ।
नेपाल कर्मचारी समाज केन्द्रीय समितिको प्रकाशन ‘सन्देश’ बुलेटिन वर्ष ५, अङ्क ५ को सार्वजनिकीकरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा म·लबार सम्पन्न भयो ।
नेपाल कर्मचारी समाज केन्द्रीय समिति र नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिका एकाइ समितिको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख प्रजापतिले आत्मनिर्भर देशमात्र विकासको पथमा अग्रसर हुनसक्ने भएकोले देश हरेक क्षेत्रमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो ।
संरा अमेरिकाले अनुदान रोक्दा काठमाडौ“का धेरै घरहरू खाली भएको र धेरै एनजीओ÷आईएनजी सञ्चालनमा समस्या भएको समाचारप्रति सतर्क गराउ“दै प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीले सधै“ अत्मनिर्भरतालाई जोड दि“दै आएअनुसार भनपाले पनि आत्मनिर्भर भई विकास निर्माण एवं नगरवासीको सेवामा कार्यहरू गरिरहेको उल्लेख गर्नुभयो ।
उहा“ले भन्नुभयो, “कृषिलाई मात्र आत्मनिर्भर बनाउन सके धेरै हदसम्म नेपालको व्यापारघाटा कम हुने थियो । पछिल्लो तथ्याड्ढअनुसार महिनाको २ खर्ब रूपैया“ बराबरको तरकारीजन्य सामानहरू नेपालमा भारतबाट आयात हुने गरेको छ ।”
“४० वर्ष अगाडिसम्म नेपालले चामललगायत खाद्य पदार्थ भारत निर्यात गथ्र्यो । सरकारमा जाने पार्टीहरूको अकर्मण्यताको कारण त्यसको उल्टो अहिले नेपाल खाद्यान्नमा परनिर्भर हुनुपरेको छ”, प्रमुख प्रजापतिले भन्नुभयो ।
स्वास्थ्य बीमाको सुविधाबाट सरकार पन्छिन नमिल्ने उल्लेख गर्दै प्रमुख प्रजापतिले ख्वप अस्पताललगायत सरकारी अस्पतालाई दिनुपर्ने बीमा रकम यथाशीघ्र उपलब्ध गराई जनताको स्वास्थ्य उपचारमा सहज गर्नुपर्नेमा प्रमुख प्रजापतिले जोड दिनुभयो ।
संरा अमेरिकी साम्राज्यवादले अनुदान रोक्दा युक्रेनका राष्ट्रपति जेलेन्सकीको हालतबाट शिक्षा लिनुपर्ने आवश्यकता औ“ल्याउ“दै उहा“ले संरा अमेरिकी साम्राज्यवादी प्रवृत्तिविरूद्ध जनतालाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।
“जिम्मेवारीअनुसारको कर्तव्य पूरा गर्नुपर्ने र अधिकार प्राप्तिस“गस“गै उत्तरदायित्व बहन गर्नुपर्ने भनाइप्रति कर्मचारीहरू सचेत हुनुपर्छ”, उहा“ले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीले देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्ने लक्ष्य लिएर काम गरिरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “भक्तपुरका जनप्रतिनिधि र कर्मचारीहरू एकताबद्ध भई निःस्वार्थपूर्वक नगरवासीको सेवा गरिरहेको कारण आज भक्तपुर नगरपालिकाका गतिविधिहरू अरू स्थानीय तहको लागि चासो र राम्रो उदाहरणको विषय बनिरहेको छ ।”
स·ठनको मर्यादामा रही आलोचना र आत्मालोचना गर्न प्रमुख प्रजापतिले कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले कर्मचारीहरूमा अध्ययन संस्कृतिको विकास गराउने उद्देश्यले नै समाजले ‘सन्देश’ बुलेटिन प्रकाशन गरिरहेको बताउनुभयो ।
समाजवादी व्यवस्थाले मात्र कामदार वर्गको हित गर्नसक्ने उल्लेख गर्दै उहा“ले समाजवाद र पु“जीवादबारे बहुसङ्ख्यक जनतालाई सचेत बनाउनु जरूरी छ भन्नुभयो ।
नेपाल कर्मचारी समाज ट्रेड युनियनवादको पक्षमा नरहेको स्पष्ट पार्दै अध्यक्ष लासिवाले कर्मचारीमा देशभक्तिको भावना विकास गराउने र देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्ने समाजको उद्देश्य रहेको बताउनुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय उपाध्यक्ष एवं बुलेटिन प्रकाशन समितिका संयोजक एवं कार्यक्रमका सभापति काजीबहादुर पञ्चले ‘सन्देश’ बुलेटिनमा प्रकाशित लेखहरूबारे जानकारी गराउनुभयो ।
समाजका केन्द्रीय सदस्य सुदर्शन काÇलेले नेपाल कर्मचारी समाजले कर्मचारीहरूलाई समाजवादी आचरणलाई जीवन पद्धतिमा लागु गर्न उत्प्रेरित गरिरहेको छ भन्नुभयो ।
कार्यक्रममा शिवराम धुख्वा, दिव्यलक्ष्मी बज्राचार्य र रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।




