भक्तपुर नगरपालिकाको आयोजनामा यही फागुन ६ गतेदेखि भएको भक्तपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम आज फागुन ९ गतेका दिन सहिद स्मृति खेलमैदानमा हुने भएको छ ।
फागुन ८ गतेबाट सुरु भएको भलिवल प्रतियोगितामा छात्रा तर्फको लिग खेलमा वागेश्वरी माविले श्री पद्म माविलाई, अक्सफोर्ड प्राक्तिकल ई. स्कूलले ग्लिटर फ्यूचर से. स्कूललाई र ख्वप माविले बासु माविलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएका थिए । श्री सैनिक मावि र वागेश्री मावि विच भएको सेमिफाइनल खेलमा श्री सैनिक आवसिय माविले जित हासिल गर्दै फाइनल प्रवेश गर्न सफल भए । त्यसैगरी ख्वप मावि र अक्सफोर्ड प्राक्टिकल स्कूल विच भएको अर्को सेमिफाइनलको खेलमा भने ख्वप मावि विजय हुँदै फाइनल प्रवेश गरे ।
त्यसैगरी छात्र भलिबल प्रतियोगितामा ख्वप माविले शारदा माविलाई र वागेश्वरी माविले वासु माविलाई पराजित गर्दै ख्वप र वागेश्वरी मावि सेमिफाइनल पुग्न सफल भए । छात्राको फाइनल र छात्रको सेमिफाइनल र फाइनल आज विहान १० बजेदेखि हुने जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले जानकारी दिनु भयो ।
फागुन ७ गतेदेखि भक्तपुर नगरपालिका वडा नं. ८ को लिवाली कभर्डहलमा भएको छात्र÷छात्रा कबड्डी प्रतियोगिताका फाइनल खेलहरु पनि सम्पन्न भएका छन् । छात्रा कबड्डीमा पारागन एकेडेमी स्कूल प्रथम, मोर्डन ई. स्कूल द्धितीय र रोम्वस स्कूल र मिर्नवा ई. स्कूल संयुक्त रुपमा तृतीय भए । त्यसैगरी छात्र तर्फको खेलमा भने मिनर्वा ई. स्कूल प्रथम, मोर्डन ई. स्कूल द्धितीय र ख्वप मावि र वागेश्वरी मावि संयुक्त रुपमा तृतीय हुन सफल भएका थिए ।
आयोजक समिति एवं भक्तपुर नगरपालिका युवा खेलकुद समितिका सदस्य रामसुन्दर वासीका अनुसार एथलेटिक्स र उसु खेलका सम्पुर्ण विधाका प्रतियोगिता पनि फागुन ८ गतेसम्ममा सम्पन्न भएका थियो । भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्र्तगत भएका सितेरियो कराँते, तेक्वाण्डो, भलिबल, उसु, कबड्डी र एथलेटिक्सका विजय खेलाडीहरुलाई मेडल र प्रमाण–पत्र वितरण कार्यक्रम दिउँसो २ बजे सहिद स्मृति खेलमैदानमा हुनेछ ।
