राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत आज भएको कराँते खेलमा कुमिते पुरुषतर्फ ४२ केजीमा आदर्श आजादका सुमन सुवेदी प्रथम, ५२ केजीमा बागीश्वरीका विमल कुमार थपा प्रथम, ५७ केजीतर्फ बागीश्वरी माविका युनिक ध्वज प्रथम र पुरुष कातातर्फ गोल्डेन गेटका रिशिक सुवाल प्रथम भएका थिए ।
कुमिते महिलातर्फ ४० केजीमा बागीश्वरी माविका पूर्णिमा खत्री प्रथम, ४५ केजीमा क्रियटिभ स्कूलका सारिका उप्रेती प्रथम, ५० केजीअन्तर्गत विद्यार्थी निकेतनका हसिका श्रेष्ठ प्रथम, ५५ केजीमा रोम्बर स्कूलका कृतिका राई प्रथम र कातातर्फ माउन्ट भ्यालीका सुजिता तामाङ प्रथम भएका थिए ।




