Explore news and happenings at Bhaktapur

नियमित पाक्षिक सरसफाई अन्तर्गत सल्लाघारीस्थित १०८ रोपनी परिसरमा सरसफाई

भक्तपुर, फागुन १ ।

0
भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाई कार्यक्रम अन्तर्गत भनपा १ स्थित १०८ रोपनी परिसरमा सरसफाई कार्यक्रम आज सम्पन्न भयो ।
कार्यक्रममा सम्बोधन गर्नुहुदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल त्रस्टसँगको समन्वयमा १०८ रोपनी परिसरमा पर्खाल लगाएको जानकारी दिनुहुदै सो जग्गामा विश्वविद्यालयको स्थापनाका लागि भक्तपुर नगरपालिकाले अनुरोध गर्दै आइरहेको बताउनुभयो ।
सरसफाइ गर्नु सबैको कर्तव्य रहेको बताउनुहुदै भक्तपुर नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गरिदै आइरहेको समेत बताउनुभयो ।
भक्तपुरका स्थानीयवासीको जग्ग्गा भएकोले स्थानीयकै हितको निम्ति सो जग्गा उपभोग गर्न पाउनुपर्ने समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा न १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले सरसफाई अभियानको रुपमा२०७४ सालदेखि नै प्रत्येक महिनाको १ र १५ गते नगरका विभिन्न ठाउँहरुको पाक्षिक सरसफाइ कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।
सरसफाई कार्यक्रममा जनप्रतिनिधिहरु, कर्मचारीहरु, नगर प्रहरीहरु, विद्यालयका विद्यार्थीहरु र स्थानीय जनताको उत्साहजनक सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.