भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने भक्तपुर नगरपालिकाको उद्देश्यलाई मूर्त रुप दिन भक्तपुर नगरपालिकाले शिक्षालाई सशक्त माध्यमको रुपमा विकास गर्दै आएको बताउनुभयो ।
विद्या आर्जन इंगलिस सेकेन्डरी स्कूलको ३२ औं वार्षिकोत्सव समारोमा बोल्दै उहाँले भक्तपुरका हरेक विद्यालयको नतिजा शत बनाउन घच्घच्याइरहेको बताउँदै उहाँले शिक्षाको गुणस्तरवृद्धिसँगै विद्यार्थीको स्तर पनि राम्रो हुँदै गएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजमा अध्ययनरत विद्यार्थीहरुले पनि बोर्ड परीक्षामा उत्कृष्ट अंक हासिल गर्दै आएको बताउँदै उहाँले
भक्तपुर नपाले निजी र सामुदायिक विद्यालयलाई समान ढंगले हेर्दै आएको बताउँदै शिक्षाको गुणस्तरमा प्रतिस्पर्धा हुनु राम्रो विषय भएको बताउनुभयो । उहाँले निजी र सामुदायिक विद्यालयबीचको गुणस्तरमा प्रतिस्पर्धा होस् भन्ने उद्देश्यले नपाले विभिन्न समयमा संयुक्त रुपमा प्रतियोगिताहरु पनि आयोजना गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले विद्यालयले विद्यार्थीहरुको सर्वांगीण विकास गर्न पाठ्यक्रमसँगसँगै विभिन्न अतिरिक्त क्रियाकलापलाई जोड दिँदै आएको बताउनुभयो । उहाँले यहाँ अध्ययनरत विद्यार्थीहरु देशका विभिन्न ठाउँमा रही देश र जनताको सेवा गर्दै आएको बताउँदै विद्यार्थीहरुलाई युगसुहाउँदो शिक्षा दिने प्रयत्न विद्यालयले गर्दै आएको बताउनुभयो ।
इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले भक्तपुरको शिक्षा विकासमा विद्या विकास स्कूलको पनि महत्वपूर्ण भूमिका रहेको बताउँदै देशको लागि सक्षम जनशक्ति उत्पादनमा पनि विद्यालयले अग्रसर भूमिका खेल्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापति र अतिथिहरुले एसईई उत्तीर्ण विद्यार्थी र अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा समाजसेवी लक्ष्म्ीप्रसाद ढुकुछु, पूर्व विद्यार्थी सरु न्हिसुतु, अभिभावक प्रतिनिधि र विद्यार्थी प्रतिनिधिले पनि विद्यालयको शैक्षिक विशेषताबारे आफ्नो धारणा राख्नुभएको थियो ।



