Explore news and happenings at Bhaktapur

नवदुर्गा साकोसको १७ औं वार्षिक साधारणसभाको अवसरमा ज्येष्ठ नागरिकहरुलाई सम्मान

भक्तपुर । २०८१ पुस २०

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. ८ च्याम्हासिंह रोडस्थित नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै उहाँले सहकारी संस्थाले सदस्यहरुको विश्वास कायम गर्ने ढंगले काम गर्नुपर्नेमा जोड दिँदै सहकारीका सञ्चालकहरुले सदस्यहरुको रकम सही सदुपयोग गरी सदस्यहरुको हितमा गतिविधि सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले सहकारीमा आर्थिक कारोबार गर्ने विषयमा बचतकर्ताहरु पनि सचेत हुनुपर्ने र समुदायमा आधारित सहकारीमा मात्र आफू सदस्य बन्न अभिप्रेरित गर्दै प्रमुख प्रजापतिले सहकारीले जनतासँग सहकार्य गरी अगाडि बढ्नुपर्छ भन्नुभयो ।
भक्तपुर नपा र भक्तपुरका सहकारी संस्थाबीच सहकार्य र समन्वयमा विभिन्न गतिविधिहरु भइरहेको अवगत गराउँदै उहाँले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु जनताको सेवामा प्रतिबद्ध भइ काम गरिरहेको बताउनुभयो ।
भक्तपुरको उचाइ अझ बढाउन यहाँका जनप्रतिनिधि, कर्मचारी र जनताले एकाकार भएर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले सहकारी संस्थाले ज्येष्ठ नागरिक, बाल बचतकर्ता र युवाविद्यार्थी लक्षित गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले वडामा सञ्चालित विविध गतिविधिबारे अवगत गराउँदै वडाका विविध गतिविधिमा जनताको सक्रिय साथ र सहयोग रहँदै आएको र आगामी दिनमा रहँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा संघका उपाध्यक्ष विकास दुवाल, सचिव हरिकृष्ण दुवाल, जिल्ला संघ प्रतिनिधि राजन जति, कानुनी सल्लाहकार लक्ष्मीप्रसाद दुवाल, बागीश्वरी मानविकी संकायका विभागीय प्रमुख राजन फेलुले पनि बोल्नुभएको थियो ।
प्रमुख प्रजापतिले सोही अवसरमा संघका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.