खुल्ला बाँसुरी बाजा प्रतियोगिता सम्पन्न ः झिगु नेवा बाँसुरी बाजा खलः प्रथम
भक्तपुर । २०८१ मंसिर ३०, आइतबार
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर महोत्सव २०८१ को अवसरमा आयोजित खुल्ला बाँसुरी बाजा प्रतियोगिता आइतबार सम्पन्न भयो । प्रतियोगितामा झिगु नेवा बाँसुरी बाजा खलः चन्द्रागिरी प्रथम, रुद्रायणी बाँसुरी खलः खोकना ललितपुर द्धितीय र श्री नासः हेमा बाँसुरी बाजं खलः भक्तपुर तृतीय, देवी सांस्कृतिक बाजा खलः चाँगुनारायण नपा र निक्वे दाफा खल मध्यपुर थिमीले सान्त्वना स्थान हासिल गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले विजयी टोलीलाई नगद पुरस्कार र वाद्यवादन सामाग्री प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले मौलिक कला, संस्कृति, भाषा, जीवनशैली मात्र हाम्रो संस्कृति नभई बोली, व्यवहार, अतिथि सत्कार आदि पनि हाम्रो संस्कृतिअन्तर्गत पर्ने बताउनुभयो ।
उहाँले नयाँ पुस्तालाई नेपालभाषा बोल्न र सिक्न अभिप्रेरित गर्नुपर्नेमा जोड दिँदै भक्तपुर महोत्सव आयोजनाले भक्तपुरको मौलिकता प्रदर्शन हुनुका साथै नयाँ पुस्तालाई यसबारे सुसूचित पार्ने अवसर पनि मिलेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भाषाले हाम्रो पहिचान झल्काउँछ भन्दै विभिन्न भाषा अध्ययन अध्यापनले संस्कृति आदानप्रदानमा समेत टेवा पुर्याउने बताउनुभयो ।
विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय भाषामा दख्खल भएका नयाँ पुस्ता तयार गर्न सके भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न थप टेवा पुग्ने बताउँदै उहाँले जनताको सांस्कृतिक चेतनास्तर उठाउन सके समाजमा आमूल परिवर्तन आउने बताउनुभयो ।
भक्तपुर नगरपालिकाको नियम र मापदण्ड अनुसार नक्सा पास गरी घर बनाउन नगरपालिकालाई सुसूचित गर्नुपर्ने बताउँदै उहाँले नगरलाई सभ्य र सुसंस्कृत बनाउर्ने नगरपालिकाको उद्देश्यले विस्तारै मूर्त रुप लिँदै गएको बताउनुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजपातिले नगरपालिकाले भक्तपुरको सांस्कृतिक एवम् पर्यटकीय धरोहरलाई बचाउन प्रत्येक वर्ष बाजा प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरको परम्परागत सीप नयाँ पुस्तालाई सिकाउने र हस्तान्तरण गर्ने अभियानमा भक्तपुर नपाले विभिन्न तालिम र प्रतियोगिता आयोजना गर्दै आएको बताउँदै भक्तपुर अनुपम संस्कृति भएको सम्पदाको धनी सहर भएको बताउनुभयो ।
भक्तपुर नपाले चुनावी घोषणापत्रअनुसार जनताको निःस्वार्थ सेवा दिने उद्देश्यअनुरुप आफ्ना कार्यक्रम र गतिविधिलाई अगाडि सार्दै आएको बताउँदै उहाँले भक्तपुर विदेशीको सहयोगमा बनेको सहर होइन, यो जनताको साथ र सहयोगमा बनेको सहर हो भन्नुभयो ।
बाँसुरी बाजा प्रतियोगिताको समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, भक्तपुर नपा वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व र निर्णायकको तर्फबाट जीवन आलेले पनि बोल्नुभएको थियो ।
प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार राशीमा प्रथमलाई रु. ५० हजारका साथै वाद्यवादनका सामाग्री, द्वितीयलाई रु. ४० हजारका साथै वाद्यवादनका सामाग्री, तृतीयलाई रु. ३० हजारका साथै वाद्यवादनका सामाग्री र सान्त्वना दुईवटा समूहलाई रु. २० हजारका साथै वाद्यवादनका सामाग्री प्रदान गरिएको थियो । साथै सहभागी ४६ ओटै टोलीलाई खाजा खर्च रू. ५ हजार प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले निर्णायकहरुलाई धन्यवाद पत्र र सहभागी टोलीलाई प्रमाणपत्र र मायाको चिनो वितरण भएको थियो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला बाँसुरी बाजा प्रतियोगितामा निर्णायकहरुमा डा. पुष्परत्न शाक्य, धर्म मुनिकार, दिपेन्द्र बज्राचार्य, सीतामैया राजचल, जीवन आले, दशराम त्वाती, राजकुमार मानन्धर, इन्दिरा लाछिमस्यू, रवि कपाली, रत्नसुन्दर जताधारी, देवचन्द्र बज्राचार्य, विष्णुबहादुर मानन्धर, कृष्णसुन्दर प्रजापति, मुक्तिसुन्दर जधारी, आशाराम वैद्य, राजेन्द्र श्रेष्ठ, पञ्चलाल लाछिमस्यू, गोविन्द दुवाल र हेरा ख्याजु रहेका थिए ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला बाँसुरी बाजा प्रतियोगितामा सहभागी बाजा समूहहरुको विवरण ः
१.न्हुज ः बाँसुरी बाजा खलः, भनपा ७
२.पासा पुच ः सूर्यमढी, तौलाछे, भनपा ९
३.नेवाः सांस्कृतिक उत्थान मञ्च, धरान उपमहानगरपालिका
४.वाकुपति नारायण नौ दाफा भजन खलः, सूर्यमढी, भनपा ९
५.सिमल्टार बाजा खलः, सिमल्टार, सूनपा १०
६.श्वेत भैरव बाजं खलः, जेँला, भनपा ८
७.वाङख्यो दाफा भजन खलः, बनेपा नगरपालिका ८, वाङ्ख्यो
८.श्री एकान्त कुमारी सांस्कृतिक खलः, चासुखेल, भनपा ५
९.श्री चोछेँ छुमा गणेश बाँसुरी बाजा खलः, चोछेँ, भनपा ६
१०.याता वः दाफा भजन, झौखेल, चानपा २
११.झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि., गोमारी, भनपा ७
१२.खिंछे डाफा भजन खलः, खिंछे भनपा ५
१३.ताथली सांस्कृतिक खलः, चानपा ९
१४.श्री कविलाश नृत्यनाथ बाँसुरी बाजा खल, दुमलाचा, भनपा ४
१५.श्री माहाकाली बाजा तथा भजन खल, कालिटार, चानपा ५
१६.दत्तात्रय बाँसुरी बाजा खलः, मको गल्ली, भनपा ९
१७.विश्वम्भर सांस्कृतिक खलः, ब्यासी, भनपा २
१८.निक्वे दाफा खलः, निकोसेरा, मथिनपा ९
१९.देवी साँस्कृतिक बाजा खलः, सौडोल, चानपा ९
२०.श्री नास हैः मा बाजं खलः, वंशगोपाल, भनपा ३
२१.श्री रुद्रायणी बाँसुरी खलः, खोकना, ललितपुर
२२.कमिचा गल्ली बाँसुरी बाजा समूह, कमिचा गल्ली, भनपा ९
२३.महेश्वरी बाँसुरी बाजा खलः, वाचुत्व, भनपा ७
२४.चण्डेश्वरी बाँसुरी समूह, चासुखेल, भनपा ५
२५.झीगु नेवा ः बाँसुरी खलः, थानकोट, चन्द्रागिरी नगरपालिका
२६.श्री बालकुमारी बासुरी समूह, फर्पिङ, कोछुटोल, दक्षिणकाली नगरपालिका
२७.लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछेँ, भनपा २
२८.माझी भैरव सांस्कृतिक बाजा खलः, सौडोल, चनापा ९
२९.सिद्धि गणेश बाँसुरी बाजा समूह, चोर्चा, भनपा ७
३०.भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि., ब्यासी, भनपा २
३१.लिवाली बाँसुरी बाजा समूह, लिबाली, भनपा ८
३२.श्री नित्यनाथ बाँसुरी बाजा, नासचा, भनपा १०
३३.निओ फ्युजन बाँसुरी समूह, इनाचो भनपा ७
३४.ख्वप्रिङ इङलिस एकेडमी, लिबाली भनपा ८
३५.लिशा ई. स्कूल, लिबाली भनपा ८
३६.समृद्धि कृषि सहकारी संस्था लि, भनपा ९
३७.जालाँचा बाँसुरी बाजा समूह, जालाँचा, भनपा ४
३८.ख्वप नेवाः खलको बाँसुरी बाजा समूह, लिबाली भनपा ८
३९.श्वेत भैरव बचत तथा ऋण सहकारी सस्था लि., जेंला भनपा ८
४०.भक्तपुर बचत तथा ऋण सहकारी सस्था लि. भनपा ९
४१.लैको बाँसुरी बाजा खलः, लैको, भनपा ५
४२.नागाँचा बाँसुरी बाजा समूह, नागाँचा, भनपा १०
४३.सपनतिर्थ दाफा खल, टोखा २, यलाग टोल
४४.समय बचत तथा ऋण सहकारी संस्था लि., च्याम्हासिंहरोग, भनपा ८
४५.एभरेस्ट इङलिस स्कूल, मिवाछेँ, भनपा २
४६.चण्डेश्वरी ईखुलाग दाफा खलः, टोखा २



