Explore news and happenings at Bhaktapur

बाँसुरी बाजा प्रतियोगिता उद्घाटन

भक्तपुर । २०८१ मंसिर २९

0
भक्तपुर नगरपालिकाको आयोजनामा भएको भक्तपुर महोत्सव २०८१ अन्तर्गत आज भक्तपुर नपा वडा नं. १० क्वाठण्डौंमा खुल्ला बाँसुरी बाजा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा ४६ वटा बाँसुरी बाजा टोलीले सहभागिता जनाएकोमध्ये आज ३३ वटा समूहले प्रतियोगितामा प्रस्तुती गर्नेछन् । खुल्ला बाँसुरी बाजा प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृतिलाई आत्मसात गर्दै भक्तपुरका गौरवपूर्ण धरोहरलाई जस्ताको तस्तै संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्य अनुसार नपाले काम गर्दै आइरहेको बताउनुभयो ।
महोत्सवमा व्यापक जनसहभागिता परिचालन भएको बताउँदै उहाँले जनताको साथ र सहयोगबाट हुने कामले स्वाभाविक रुपमा सफलता प्राप्त गर्ने बताउनुभयो ।
प्रतियोगितामा सहभागी सम्पूर्णमा धन्यवादज्ञापन गर्दै उहाँले सांस्कृतिक गतिविधिहरुमा नयाँ पुस्ताहरुको सहभागिता उल्लेखनीय रहँदै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको नेतृत्वमा भक्तपुर नपा वडा नं. १ इनागबाट बाँसुरी बाजा प्रतियोगिताको उद्घाटन र्याली सुरु भएको थियो भने प्रतियोगितामा सहभागी टोलीहरुले बाँसुरी बाजा बजाएर नगर परिक्रममा गरी कार्यक्रमस्थलमा पुगेको थियो ।

Leave A Reply

Your email address will not be published.