Explore news and happenings at Bhaktapur

भक्तपुर महोत्सव प्रचारार्थ आयोजित पसल व्यवसायहरुको भेला

२०८१ मंसिर १७

0
भक्तपुर नगरपालिका बजार अनुगमन समिति र कृषि समितिको आयोजनामा भक्तपुर महोत्सव २०८१ लाई लक्षित गरी कृषिजन्य उत्पादन विक्रीवितरक व्यवसायीहरुको भेला नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भनपा सभाकक्षमा सोमबार सम्पन्न भयो ।
प्रमुख प्रजापतिले भन्नुभयो —“महोत्सवलाई विश्व विद्यालयको रुपमा अध्ययन अध्यापन गर्ने थलोको रुपमा विकास गर्ने छौं ।”
उहाँले विभिन्न जनप्रतिनिधि र उच्च पदस्थ व्यक्तिहरु भक्तपुर हेर्न आउँदा यहाँ शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण भएको विकासदेखि प्रभावित भएको बताउँदै विश्वविद्यालयको रुपमा महोत्सवलाई अध्ययन र अध्यापन गर्ने थलोको रुपमा विकास गर्नुपर्न बतनउनुभयो । उहाँले महोत्सवमा कमिकमजोरी भए त्यसको परिणाम नकारात्मक सन्देश जाने बताउँदै भक्तपुर महोत्सवलाई जनताको महोत्सव, साझा महोत्सव बनाउनुपर्छ भन्नुभयो ।
कार्यक्रममा भनपा ३ नं वडाध्यक्ष एवम् कृषि समिति र बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराले भक्तपुरमा बसेर कृषि व्यवसाय गरेर जीविकोपार्जन गर्ने व्यवसायीहरुले नगरपालिका प्रति जिम्मेवार भई ऐन नियम परिधि भित्र बसेर व्यवसाय गर्न अनुरोध गर्नुभयो । उहाँले भक्तपुर महोत्सव नगरपालिकाको लागि नभई नगरबासी र व्यवसायीहरुको आर्थिक र व्यवसायी प्रवद्र्धनको निम्ति भएको बताउनुभयो । उहाँले ५ दिनको महोत्सवले प्रभावित भए वीस बर्षसम्म पनि भक्तपुरमा पर्यटकहरु आउने त्यसले हाम्रो व्यवसाय प्रवद्र्धन र रोजगारी सृजना हुने बताउनुभयो । उहाँले कृषि उत्पादन प्रदर्शनी स्थल पसिखेलमा आ-आफ्नो कृषि उपज उत्पादनको स्टल राख्न र दिन भरि राख्नेलाई रु.५००।- र अरुलाई न्युन शुल्कमा स्टल बुकिङ्ग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा भक्तपुर महोत्सव सचिवालयका गौतम प्रसाद लासिवाले ताइवानको कृषि व्यवसायको अनुभव सुनाउँदै व्यवस्थित महोत्सवमा कृषि उत्पादन प्रदर्शनी नमूना र उदाहरणीय भए हाम्रो पनि अनुभव लिएर जाने बताउनुभयो । उहाँले महोत्सवबाट पर्यटकीय गन्तव्य स्थल बनाउने टेवा पुग्ने बताउँदै पर्यटन सेवा शुल्कबाट शिशुस्याहारदेखि कलेज, ख्वप अस्पताल, शैक्षिक ऋण, सम्पदा संरक्षण भई रहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.