नगर प्रमुख प्रजापतिले आज भनपा वडा नं. १ दुधपाटीस्थित भाज्या पुखु (भाजु पोखरी), तः पुखु (सिद्ध पुखु), न्हु पुखु (रानी पुखु) र भनपा १० स्थित बारे पुखु (कमलपोखरी) को निरीक्षण
२०८१ मंसिर १२ गते
भक्तपुर महोत्सव २०८१ को तयारीस्वरुप नगर प्रमुख प्रजापतिले आज भनपा वडा नं. १ दुधपाटीस्थित भाज्या पुखु (भाजु पोखरी), तः पुखु (सिद्ध पुखु), न्हु पुखु (रानी पुखु) र भनपा १० स्थित बारे पुखु (कमलपोखरी) को निरीक्षण गर्नुभयो । महोत्सवको समयमा यी पोखरीहरुमा नौका बिहार (डुंगा चलाउने) गर्ने भक्तपुर नपाको योजना रहेको हुँदा पोखरीहरुको वस्तुगत स्थितिबारे जानकारी लिन नगर प्रमुख प्रजापतिले उक्त पोखरीहरुको निरीक्षण गर्नुभएको हो ।


