Explore news and happenings at Bhaktapur

नेपालको आर्थिक विकासमा पर्यटनको ठूलो महत्व

भक्तपुर । २०८१ मंसिर ४

0
२०८१ मंसिर २८ गतेदेखि पुस २ गते सम्म सञ्चालन हुने भक्तपुर महोत्सवको प्रचारार्थ आज भक्तपुरका सहकारी संस्थाका प्रतिनिधिहरूको कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवको तयारी तीव्र रुपमा चलिरहेको बताउँदै महोत्सवलाई सफल पार्न सम्बन्धित सरोकारवाला र जनसमुदायबीच छलफल कार्यक्रमहरु चालु रहेको बताउनुभयो ।
पर्यटनमार्फत देशको अर्थतन्त्रलाई टेवा पु¥याउने मुख्य उद्देश्यका साथ भक्तपुर महोत्सवको आयोजना भएको बताउँदै उहाँले सहकारी क्षेत्रमा देखिएका विभिन्न समस्याहरुबारे जनतालाई सचेत पार्ने दायित्वबाट सञ्चालकहरु सजग र जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
महोत्सव सहकारी गतिविधिबारे जनतालाई सचेत पार्ने महत्वपूर्ण माध्यम हुने बताउँदै उहाँले भक्तपुरका मूर्त र अमूर्त सम्पदाहरु आन्तरिक र बाह्य पर्यटकहरुमाझ प्रदर्शन गर्ने अवसर पनि हो भननुभयो ।
नेपालको आर्थिक विकासमा पर्यटनको ठूलो महत्व भएको बताउँदै उहाँले नेपाल पर्यटनको राम्रो सम्भावना भएको देश हो भन्नुभयो । उहाँले भक्तपुर नपाले आन्तरिक पर्यटन प्रवद्र्धनतर्फ निरन्तर जोड दिँदै आएको पनि बताउनुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुर महोत्सव आयोजना गर्नुको उद्देश्य माथि प्रष्ट पार्दै पाँच दिने महोत्सवलाई सफल पार्न सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सहकारी संस्था आपसी सहयोग र समन्वयमा काम गर्ने संस्था भएको बताउँदै सहकारीको साथ र सहयोगविना देशको आर्थिक विकास सम्भव नभएको बताउनुभयो । महोत्सवको प्रचारार्थ सहकारी संस्थाबाट पनि विविध गतिविधिमा सहकार्य हुने अपेक्षा व्यक्त गर्दै सहकारी गतिविधिलाई व्यापकता दिने उपयुक्त माध्यम हुन सक्ने उहाँले बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाजूले भक्तपुर नपाको आयोजना हुने भक्तपुर महोत्सवमा नगरका सबै सहकारीहरुको तर्फबाट आवश्यक साथ र सहयोगको अपिल गर्दै विभिन्न जिल्लाका सहकारीहरुसँग समन्वय गरी महोत्सवको प्रचारप्रसारतर्फ जोड दिनुपर्ने धारणा राख्नुभयो ।
भेलामा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले पूर्वजको ज्ञान नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजित भक्तपुर महोत्सवका मुख्य आकर्षण र प्रदर्शनीहरुबारे विस्तृतमा जानकारी गराउनुभयो ।

Leave A Reply

Your email address will not be published.