Explore news and happenings at Bhaktapur

महोत्सव सबैको लागि अविस्मरणीय बनाउने प्रत्यत्न गर्दैछौं – प्रमुख प्रजापति

भक्तपुर । २०८१ मंसिर ४

0
भक्तपुर नगरपालिकाको आयोजनामा मंसिर २८ गतेदेखि पुस २ गते सम्म सञ्चालन हुने भक्तपुर महोत्सव भव्य र सफल पार्न आज नगरका कृषकहरुको भेला कार्यक्रम सम्पन्न भयो ।
भेलामा सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कृषि उत्पादनको व्यवसायिक प्रदर्शनी भक्तपुर नपा वडा नं. ५ को पसिखेल (तरकारी बजार) मा हुने अवगत गराउँदै भक्तपुर महोत्सव जनताको महोत्सव भएको हुँदा यसलाई उल्लासमय ढंगले सफल पार्न सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले भक्तपुरका किसानले गरेका कृषि उत्पादन प्रदर्शन गर्ने एक अवसर पनि भएको बताउँदै महोत्सव अवधिभर सबै क्षेत्र समेट्दै सक्रिय बनाउने आवश्यक तयारीहरु भइरहेको बताउनुभयो ।
महोत्सवमा कृषि उत्पादनको व्यवसायिक प्रदर्शनीले कृषकहरु उत्साहित हुने बताउँदै उहाँले पर्यटन र कृषि क्षेत्र देशको अर्थतन्त्र विकासका महत्वपूर्ण आधारहरू भएको बताउनुभयो ।
उहाँले महोत्सवमा सहकारी, खेलकुद, सांस्कृतिक गतिविधि र अन्य हस्तकला प्रदर्शनी, शैक्षिक प्रदर्शनी तथा व्यापार मेला गरी सिंगो भक्तपुर महोत्सवमय बनाउन सबैले आआफ्नो क्षेत्रबाट सहयोगको लागि आग्रह गर्नुभयो ।
महोत्सव सबैको लागि अविस्मरणीय बनाउने प्रत्यत्न गर्दैछौं – उहाँले भन्नुभयो ।
भेलामा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले महोत्सवका आकर्षणहरुबारे प्रष्ट पार्दै महोत्सवमा भक्तपुरका किसानहरुको जीवनशैली हेर्न पाइने बताउनुभयो ।
कार्यक्रममा कृषि समितिका सदस्य लक्ष्मीप्रसाद ह्यौंमिखाले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.