Explore news and happenings at Bhaktapur

भक्तपुरलाई स्वदेश र विदेशमा परिचित गराउन भक्तपुर महोत्सव

मिति २०८१ मंसीर २ गते आइतबार ।

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर महोत्सवबारे जानकारी दिने उद्देश्यले भनपा सभाकक्षमा कर्मचारी भेला आयोजना भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य भक्तपुरको कला–संस्कृति र रहन सहनलाई देश र विदेशमा चिनाउने र भक्तपुर नगरमा आन्तरिक र वाह्य पर्यटन प्रबद्र्धन गराउने रहेको बताउनु भयो । उहाँले सि·ो नगरलाई ५ दिनसम्म महोत्सवमय बनाउन भनपाका कर्मचारीहरु अनुशासित भई जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुहुँदै महोत्वसको अवधिभित्र अवलोकनको लागि आउने अतिथिहरुलाई शान्ति सुरक्षाको राम्रो बन्दोबस्त गर्न आवश्यक छ भन्नुभयो ।
भक्तपुर कला र संस्कृतिले भरिपूर्ण सहर भएको हुँदा सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै विश्व सम्पदालगायतका सम्पदाहरु संरक्षण गर्दै आइरहेको बताउनुहुँदै उहाँले महोत्सवको अवधिमा सम्पदा क्षेत्र र अवलोकन क्षेत्रमा सरसफाइमा अझ बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख अतिथि प्रजापतिले महोत्सवलाई सभ्य र भव्यका साथै सँधैका लागि स्मरणीय बनाउन कर्मचारीहरुले आ–आप्mनो ठाउँबाट सहयोग गरी महोत्सव केन्द्रीत गतिविधिलाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले “भक्तपुर महोत्सव हाम्रो लागि परीक्षाको घडी हो, तसर्थ हामी सबै मिलेर महोत्सवलाई सफल पार्न आ–आप्mनो ठाउँबाट योगदान गर्नुपर्छ” भन्नुभयो । उहाँले कर्मचारीहरुले यो अवधिमा अरु बेला भन्दा बढी खटिइ महोत्सवलाई पूर्ण सफल बनाउन सहयोग गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा भक्तपुर महोत्सवका सचिवालय संयोजक गौतम प्रसाद लासीवाले भक्तपुर महोत्सवको लागि हालसम्म भएका तयारी र गतिविधिबारे संक्षेपमा प्रस्तुतीकरण गर्नुहुँदै भक्तपुर महोत्सव तयारीमा १६१ सदस्यीय मूल समारोह समिति, २५ सदस्यीय निर्देशक समिति र १३ वटा विभिन्न समितिहरु गठन भई नियमित रुपमा बैठकहरु बसी व्यापक रुपमा तयारीका कार्यहरु भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भनपाका प्रशासकीय अधिकृत दामोदर सुवालले भक्तपुर महोत्सवको तयारीमा कर्मचारीहरुको भूमिकाबारे प्रष्ट पार्नुभयो ।

Leave A Reply

Your email address will not be published.