Explore news and happenings at Bhaktapur

भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन ¥याली

भक्तपुर । २०८१ कार्तिक ९, शुक्रबार

0
भक्तपुर नगरपालिकाको आयोजना २०८१ कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद (टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल) खेल प्रतियोगिताको समुद्घाटन ¥याली शुक्रबार बिहान सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट सुरू भएको ¥याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दूधपाटी हुँदै नगर परिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो ।
¥याली सुरु हुनु अघि भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले प्रतियोगितामा भाग लिने विद्यालय तथा खेलाडीहरूलाई अनुशासित रुपमा खेलमा भाग लिने अपेक्षा व्यक्त गर्नुभयो ।
¥यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, स्वयम्सेवकहरू, बाजा समूह, विभिन्न विद्यालयहरू र प्रतियोगी खेलाडीहरू, नपाका खेलकुद प्रशिक्षार्थीहरू, खेलप्रेमी तथा सबै वडाका खेलकुद समितिका पदाधिकारीहरू र भक्तपुर नगरपालिकाका कर्मचारीहरूलगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.