Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकालाई ६ पदक

भक्तपुर । २०८१ भदौ ३१

0
नेपाल सितेरियो कराते डो संघ, मध्यपुर थिमी शाखा डोजोको आयोजनामा भएको भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगितामा भक्तपुर नगरपालिकाका प्रशिक्षार्थी २ स्वर्ण, १ रजत र ३ कास्य गरी ६ पदक हासिल गर्न सफल भएका छन् ।
स्व. प्रेमकृष्ण माक श्रेष्ठको स्मृतिमा यचु पार्टी प्यालेस थिमीमा सम्पन्न भएको उक्त प्रतियोगितामा पुरुष काटा समुहमा साहाँस तामाङ र पुरुष कुमिते खुल्ला तौल समुहमा सुर्य साँदले स्वर्ण पदक जित्न सफल भएका हुन् । त्यसैगरी पुरुष ४० केजी तौल समुहको कुमितेमा उदयस अवालले रजत पदक हासिल गरेको छ ।
भक्तपुर नगरपालिकाका कराते प्रशिक्षक रविना सुवालका अनुसार पुरुष कुमिते २५ केजीमा साहाँस तामाङ, ३५ केजीमा बिपुल त्वायना र महिला कुमिते ४० केजीमा सरिका उप्रेतीले कास्य पदक जितेका हुन ।
May be an image of 9 people, people performing martial arts and text

Leave A Reply

Your email address will not be published.