Explore news and happenings at Bhaktapur

वडा नं. ७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मिति २०८१ साउन ३२

0
भक्तपुर नगरपालिका वडा नं. ७ नं. वडा कार्यालयको आयोजनामा आज हाडजोर्नी, नशा रोग तथा आँखा जाँचसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले स्वास्थ्य नै ठूलो धन हुँदा रोग लाग्न नदिन प्रारम्भिक चरणमा नै स्वास्थ्य जाँच गराइ स्वस्थ रहन आग्रह गर्नुभयो ।
भक्तपुर नपाले न्युन शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताउँदै उहाँले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी नगरबासीहरुलाई स्वास्थ्यबारे सचेतना जगाउने कार्य गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले बद्लिँदो खानपान, मद्यपान, धुम्रपानलगायतले विभिन्न नसर्ने रोगको जोखिम बढ्दै गइरहेको बताउँदै उहाँले नगरबासीहरुको साथ र सल्लाहअनुसार नै नपाले काम गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नपाले नियमित रुपमा विभिन्न रोगहरुबारे स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको बताउँदै स्वास्थ्य निकै खर्चिलो र संवेदनशील विषय भएको हुँदा स्वस्थ रहन
त्यस्तै ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.