धानबालीमा लाग्ने किरा तथा रोग व्यवस्थापनसम्बन्धी अभिमुखीकरण
मिति २०८१ साउन २९ गते सोमबार ।
भक्तपुर नगरपालिका वडा नं. २ मा धानबालीमा लाग्ने रोग किरा व्यवसपनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष एवम् भक्तपुर नपा कृषि समितिका संयोजक राजकृष्ण गोराले जसरी मानिसको शरीर स्वस्थ रहन पोषणयुक्त आहारको आवशयकता पर्छ त्यसरी नै धानबालीलाई उचित गोडमेल गरी रोगको पहिचान पछि मात्र विषादीको सही प्रयोग गर्नुपर्ने बताउनुभयो ।
माटोको गुणस्तरमा ह्रास आई उत्पादन न्युन भइरहेको अवस्थामा भक्तपुर नगरपालिकाद्वारा माटोको गुणस्तर जाँच्न माटो परीक्षण कार्य गर्दै आइरहेको चर्चा गर्दै उत्पादन वृद्धि गर्न, माटोको गुणस्तर बढाउन भक्तपुर नपाबाट उत्पादित कम्पोष्ट मल प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।
वडा नं. २ का अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नपा शिक्षा, स्वास्थ्य सम्पदा संरक्षणलगायत कृषि उत्पादनसम्बन्धी अध्ययन अनुसन्धान गर्नेलाई प्राथमिकता दिँदै आएको चर्चा गर्नुभयो ।
कार्यक्रममा कृषि प्राविधिक रवि ख्याजुले धानबालीमा लाग्ने किरा न्युनीकरण गर्न बाली ल्याउनुपूर्व नै माटोको गुणस्तर परीक्षण गर्न आवश्यक रहेको चर्चा गर्दै बढी रसायनिक मलको प्रयोगबाट धानबाली राम्ररी सप्रिनुको सट्टा बाली बिग्रने अधिक सम्भावना भएको बताउनुभयो । उहाँले धानबालीमा लाग्ने विभिन्न रोग तथा किरा नियन्त्रणको विधि र प्रक्रियाबारे प्रस्तुतीकरण देखाउनुभएको थियो । साथै कार्यक्रममा रत्नकाजी नायभारी, श्यामसुन्दर मातां र मन्जु लाखाजुले पनि बोल्नुभएको थियो ।