जनवादी गणतन्त्र चीनको सर्वोच्च अदालतका न्यायाधिश माननीय लिऊ कुईसियाङ्ग भक्तपुर भ्रमणमा
मिति २०८१ असार ४ गते मंगलबार ।
जनवादी गणतन्त्र चीनको सर्वोच्च अदालतका न्यायाधिश माननीय लिऊ कुईसियाङ्गले भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीसँग भनपा सभाकक्षमा भेट गर्नुभयो ।
भनपाका उपप्रमुख जोशीले न्यायाधिश कुईसियाङलाई खादा र भादगाउँले टोपी लगाई भनपामा स्वागत गर्नुभएको थियो । भेटमा उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाको न्यायिक समितिबाट सम्पादन भइरहेको कार्य र नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई, सम्पदा संरक्षण लगायत विकास निर्माणका गतिविधिबारे संक्षिप्त जानकारी दिनुभयो ।
न्यायाधिश कुईसियाङले चीनको अदालतले जनताको न्यायिक सेवामा गरिरहेको कार्यबारे संक्षिप्त जानकारी दिनुभएको थियो ।
भेट पश्चात न्यायाधिश कुईसियाङसहितको टोलीले भक्तपुरकाे सम्पदा क्षेत्रहरु दरबार क्षेत्र र टौमढी लगायतका स्थानहरुको स्थलगत भ्रमण गरेको थियो ।




