Explore news and happenings at Bhaktapur

भक्तपुर मूर्त तथा अमूर्त सम्पदाको केन्द्र

जेष्ठ २८, २०८१

0
‘संस्कृति जगेर्नाको लागि एक व्यक्ति एक कला’ भन्ने मूल मर्मका साथ एकान्तकुमारी सांस्कृतिक खलःको २८ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशन एवं दोस्रो चरणको बाँसुरी बाजा प्रशिक्षण समापन तथा सम्मानपत्र वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको पहिचान बोकेको सम्पदा र मूर्त अमूर्त संस्कृतिको संरक्षण र संवद्र्धनले गर्दा नै भक्तपुर विश्वमा सम्पदा र संस्कृतिमा नमुना सहरको रूपमा परिचित भएको बताउनुभयो । बढ्दो पर्यटकबाट प्राप्त भएको सेवा शुल्कबाट सम्पदाको मर्मत सम्भारलगायतका कार्य गर्न सहज भएको उल्लेख गर्दै उहाँले संस्कृति र सम्पदाको संरक्षण तथा जानकारीको लागि भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम ख्वपको पहिचानबाट सहयोग मिलेको बताउनुभयो ।
वर्तमान समयमा नयाँ युवा पुस्ताको आकर्षण बढ्दै गएकोले यस विषयमा समय समयमा व्यवहारिक, सचेतनात्मक कार्यक्रम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले कला र सीपको सबै ठाउँमा सम्मान र कदर हुने भएकोले कला सही ठाउँमा प्रयोग गर्न सके स्वदेशमै मनग्य आम्दानी र आफ्नो चिनारी दिनसक्ने बताउनुभयो । श्रम र सीप स्वदेशमा नै प्रयोग गर्न हौसला प्रदान गर्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।
भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले मानव विकास र मानव सभ्यताको पहिचान नै संस्कृति भएको चर्चा गर्दै संस्कृतिको अध्ययन र अनुसन्धान कार्यमा आकर्षण बढिरहेको बताउनुभयो । मूर्त तथा अमूर्त संस्कृति र सम्पदालाई जीवन्तता दिन सबै अग्रसर भई संस्कृति संरक्षण कार्य क्रमशः पुस्तान्तरण हुँदै आएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रम खलःका अध्यक्ष कृष्णराम माकको सभापतित्वमा भएको थियो । कार्यक्रममा सल्लाहकार चिनियालाल माक, प्रशिक्षण समिति संयोजक विष्णुप्रसाद कर्माचार्य, प्रशिक्षार्थी सुशिला न्याईच्याई र अतिथि प्रतिनिधि चण्डेश्वरी धिमे पुचःका कोषाध्यक्ष विक्रम धुकुछुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा स्थानीय वडाका अग्रज गुरुहरू राधा माक, आशाकाजी माक, आशाकाजी खाइजू र रामकृष्ण चिंकबञ्जारलाई सम्मान एवं बाँसुरी बाजा प्रशिक्षण सम्पन्न गर्न आर्थिक, भौतिक र नैतिक सहयोग गर्नुहुने सम्पूर्णलाई कदरपत्र प्रदान गरिएको थियो ।
बन्द सत्रमा सचिव नारायणकृष्ण माक र कोषाध्यक्ष सीताराम माकले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन पारित गरिएको थियो । भेलाले राधेश्याम माकको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन ग¥यो ।

Leave A Reply

Your email address will not be published.