Explore news and happenings at Bhaktapur

ख्वप इन्जिनियरिङ कलेजमा अध्ययनरत ८६ जना विद्यार्थीहरुलाई रु. ५४ लाख ७६ हजार रकम बराबरको छात्रवृत्ति प्रदान

२०८१ जेठ २५ गते, शुक्रबार

0
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा प्रवेश परीक्षा उत्कृष्ट र गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रम शुक्रबार कलेजको सभाहलमा एक कार्यक्रम सम्पन्न भयो ।
सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कलेजमा अध्ययनरत ८६ जना विद्यार्थीहरुलाई रु. ५४ लाख ७६ हजार रकम बराबरको छात्रवृत्ति प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका शैक्षिक ऋण प्रदान गरी गरिब परिवारलाई उच्च शिक्षाको व्यवस्था गर्ने देशकै पहिलो नगरपालिका भएको बताउँदै भक्तपुर नपाबाट सञ्चालित कलेजहरुले इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, मानविकी जस्ता विभिन्न विषयहरुमा स्नातोत्तरसम्मको शिक्षा प्रदान गरिरहेको र ख्वप विश्वविद्यालयको स्थापनाको लागि पनि निरन्तर पहल भइरहेको अवगत गराउनुभयो ।
कुनै पनि देशको प्राविधिक क्षेत्र राम्रो भएमा त्यहाँको विकास निर्माणको काम पनि व्यवस्थित ढंगले अगाडि बढ्ने बताउँदै भक्तपुर नपाले प्राविधिक शिक्षामा पनि जोड दिंदै विभिन्न कार्यक्रमहरु थप्दै लगिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुमा पर्याप्त छात्रवृत्तिको व्यवस्था गर्दै आएका जानकारी दिँदै प्रमुख प्रजापतिले देशको लागि आवश्यक विभिन्न बिषयका जनशक्तिको अभाव नहोस् भन्ने उद्देश्यले भूगोल, इतिहास, संस्कृति, नेपालभाषा, अर्थशास्त्र, दर्शनशास्त्र जस्ता थुप्रै विषयहरुमा जुनसुकै कलेज तथा विश्वविद्यालयमा अध्ययन गरे पनि विद्यावारिधिसम्म छात्रवृत्तिको व्यवस्था गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नपाद्वारा सञ्चालित कलेज स्थापनाको इतिहास, उद्देश्यमाथि प्रष्ट पार्दै छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरुले समाज र देशको लागि समर्पितभावले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थीहरुलाई प्रदान गरिने छात्रवृत्तिलाई सुविधाको रुपमा नलिई उच्च शिक्षा हासिल गर्न कलेजको तर्फबाट दिएको सहयोगको रुपमा ग्रहण गर्नुपर्ने बताउँदै उहाँले कलेजको पृष्ठभूमिबारे अभिभावक र विद्यार्थीहरुलाई सूचित गर्न अभिभावकसहित छात्रवृत्ति वितरण कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माकले इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विषयको महत्वमाथि प्रकाश पार्दै यी विषयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई प्राथमिकताका साथ छात्रवृत्ति प्रदान गरी प्रोत्साहन गरिरकेको बताउँदै कलेजले प्रदान गर्ने छात्रवृत्ति आर्थिक कारण उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुने विद्यार्थीहरुलाई सुनौलो अवसर हो भन्नुभयो ।
उक्त कार्यक्रममा कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँ र लेखा शाखाका प्रमुख काजीबहादुर पञ्चले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.