भक्तपुर नगरपालिका वडा नं. २ स्थित बरखेमा नर्चा ढल विकास उपभोक्ता समितिको आयोजनामा भेला कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले जनताको हितको निम्ति शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर काम गरेको बताउँदै ख्वप विश्वविद्यालय स्थापना गर्ने उद्देश्य रहेको बताउनुभयो । भक्तपुरको सन्तुलित विकास गर्न देको मिवा इतापाके जग्गा एकीकरण आयोजना सञ्चालन गरेको बताउँदै उहाँले व्यवस्थित र स्वस्थ बसोबासको लागि आवास योजना आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नपाले नाफाको लागि नभई अव्यवस्थित ठाउँलाई व्यवस्थित गर्न जग्गा एकीकरण आयोजना सञ्चालन गरेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवाल, देको मिवा इतापाके जग्गा एकीकरण आयोजनाका अध्यक्ष तुल्सीराम सुवाल, वडा सदस्य श्यामसुन्दर मातां, प्रनेश बाटी र तुल्सीलक्ष्मी दुमरुले पनि बोल्नुभएको सो भेला कार्यक्रममा स्थानीय जनताको विभिन्न जिज्ञासाबारे प्रमुख सुनिल प्रजापति र वडाध्यक्ष हरिप्रसाद बासुकलाले स्पष्ट पार्नुभयो ।


