Explore news and happenings at Bhaktapur

इन्टरनेसनल गल्र्स इन आईसीटी–२०२४ को अवसरमा प्रवचन कार्यक्रम

भक्तपुर, १३ वैशाख ।

0
इन्टरनेसनल गल्र्स ईन आईसीटी–२०२४ को अवसरमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा बिहीबार प्रवचन कार्यक्रम सम्पन्न भयो । सूचना र सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा महिलाहरूको आवश्यकतालाई महत्वबोध गर्दै प्रत्येक वर्ष अप्रिल महिनाको चौथो बिहीबारका दिन यो कार्यक्रम हुँदै आएको छ । प्रविधिको क्षेत्रमा महिलाहरूलाई प्रोत्साहित गर्ने तथा यस क्षेत्रमा लैङ्गिक अन्तरलाई कम गर्ने लक्ष्यका साथ विश्वव्यापीरूपमा यो कार्यक्रम गर्दै आएको हो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले सूचना प्रविधिको प्रयोग समाज र जनताको अधिकतम हितमा हुनुपर्ने कुरामा जोड दिँदै महिलालाई समाजका हरेक गतिविधिमा समान जिम्मेवारी र सहभागिताको अधिकार छ भन्नुभयो ।
पुर्खाले सिर्जेको कला र संस्कृतिलाई जगेर्ना एवं पुनर्जीवन दिने उद्देश्यले भनपाले विविध गतिविधिहरू गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाजलाई बुद्धिजीवीकरण गर्ने परिकल्पनाका साथ भक्तपुर नगरपालिका दुई दशकभन्दा बढी समयदेखि निरन्तर अगाडि बढिरहेको छ । कला/वास्तुकला र संस्कृतिको संरक्षण गर्दै भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन भनपा क्रियाशील छ ।”
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले लैङ्गिक समानताको विषय संस्कृतिसँग सम्बन्धित रहेको चर्चा गर्दै समाजमा महिलालाई बढी अवसर प्रदान गर्नुपर्ने बताउनुभयो ।
समाजवादी देशहरूमा महिलाले बढी प्राथमिकता पाउने चर्चा गर्दै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा महिला शिक्षक एवं विद्यार्थी सङ्ख्या तुलनात्मकरूपमा बढी रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँ, ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य ई. रत्नशोभा प्रजापति, ई. रमिला महर्जन, ई. रीना मानन्धर, ई. सरला शाक्य र ई. रोजिना शाक्यलगायतले सूचना प्रविधिको क्षेत्रमा महिलाको सहभागिता तथा योगदानबारे चर्चा गर्नुभएको थियो ।
May be an image of 5 people, dais, newsroom and text that says '"Girls "GirlsinICTLeadership" in ICT Leadership" Talk Program on I Iaern erna ernional ional rls is ιcT 2 234 4 wopa'

Leave A Reply

Your email address will not be published.