एकीकृत बाल तथा शिशु रोग व्यवस्थापान सम्बन्धी वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
भक्तपुर । २०८१ बैशाख २ गते ।
भक्तपुर नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरु तथा भक्तपुर नगरपालिकास्तरीय एकीकृत बाल तथा शिशु रोग व्यवस्थापन सम्बन्धी आर्थिक समीक्षा कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा उहा“ले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा विशेष जोड दिंदै कार्य गरिरहेको बताउनभुभयो ।
तथ्यांकको आधारमा विभिन्न योजनाहरु पालिका, प्रदेशस्तर र संघीय स्तरमा बन्ने भएकोले सत्य तथ्य आवश्यक हुने कुरा पनि उहा“ले बताउनुभयो । गलत तथ्यांकको आधारमा योजना निर्माण गर्दा गलत हुने भएकोले तथ्यांक तयार गर्दा बढी संवेदनशील भएर काम गर्नुपर्छ उहाँले भन्नुभयो । काम सम्पन्न गर्न आवश्यक सामग्रीहरु संस्थामा उपलब्ध हुनुपर्ने र कुनै समस्या भए सम्बन्धित ठाउँमा तुरुन्त जानकारी गराई पूूर्ति गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले सबै कार्यालयहरुमा स्तनपान कक्ष राख्ने अवधारणा आएको र अहिले कम्तीमा पनि स्वास्थ्य संस्थाहरुमा स्तनपान कक्षहरु राख्नुपर्ने सुझाव दिनुभयो ।
त्यसैगरी जनस्वास्थ्य कार्यालय, भक्तपुरका इकाई प्रमुख अस्मिता ओझाले बालरोग मृत्यु लगायत स्वास्थ्यका अन्य सूचकहरु सुधार गरी स्वास्थ्य सबल बनाउने उद्देश्यले एकीकृत बाल तथा शिशु रोगको अवधारणा आएको जानकारी गराउ“दै स्वास्थ्य कार्यक्रमसम्बन्धी कुनै समस्या देखिए जनस्वास्थ्य कार्यालय समाधानको लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पताल, डा. ईवामुरा मेमोरियल अस्पताल, सिद्धि स्मृति महिला तथा बाल अस्पताल, भक्तपुर मातृ शिशु स्वास्थ्य क्लिनिक, जनस्वास्थ्य केन्द्र, भगवतीस्थान, नगर स्वास्थ्य केन्द्र, ब्यासी र आधारभूत स्वास्थ्य केन्द्र सल्लाघारी, भक्तपुरको तर्पmबाट प्रस्तुतीकरण राखिएको थियो ।

Bo