Explore news and happenings at Bhaktapur

मिवाछेँमा नयाँ वर्षको शुभकामना आदानप्रदान

भक्तपुर । २०८० चैत्र २८

0
मिवाछेँ टोल विकास व्यवस्थापन उपभोक्ता समितिको आयोजनमा नव वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम बुधबार सम्पन्न भयो ।
प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकलो शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै काम गरेको बताउँदै शिक्षामा जोड दिएको कारण समाज अगाडि बढेको बताउनुभयो । भक्तपुरका जनतालाई शैक्षिक ऋण, छात्रवृत्तिको व्यवस्था गरेको बताउँदै अक्सिजन र रगत पनि निःशुल्क वितरण गरिरहेको बताउनुभयो । देको मिवा इतापाके जग्गा एकीकरण आयोजना नाफाको लागि नभई अव्यवस्थित क्षेत्र व्यवस्थित गर्न जग्गा एकीकरण आयोजना गरेको बताउनुभयो ।
२ नं. वडाका वडाध्यक्ष हरिप्रसाद बासुकलाले नेमकिपाको घोषणापत्रअनुसार युवा उद्यमशीलता ऋण प्रदान गर्न लागेको बताउनुभयो ।
सो कार्यक्रममा रत्नकाजी नायभारी, श्यामसुन्दर मातां, उमेश प्रधानले पनि बोल्न्ुभएको थियो भने सहभागीहरुबाट व्यक्त जिज्ञासामाथि नगर प्रमुख प्रजापतिले प्रष्ट पार्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.