Explore news and happenings at Bhaktapur

भक्तपुर नपाको पन्ध्रौं नगरसभा चालु

0
भक्तपुर नगरपालिकाका प्रमुख एवम् पन्ध्रौं नगरसभाका सभाअध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार नगरसभाको बैठक बस्यो ।
नगरसभाको उक्त बैठकबाट भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जितियरिङ २०६५ र ख्वप कलेज अफ ल २०८० को विनियम संशोधन सर्वसम्मतिबाट पारित भयो ।
सभामा बोल्दै नगर प्रमुख प्रजापतिले नेपाल सरकारको स्विकृति विना भारतले नेपालको कुनै पनि क्षेत्रमा रु. २० करोडसम्म सोभैm खर्च गर्न पाउने सम्झौता गरी देशको सार्वभौमिकतामाथि गम्भीर असर पर्ने खतरा निम्तिएको बताउनुभयो ।
उहाँले कुनै पनि स्वतन्त्र र सार्वभौम देशमाथि विदेशीले स्वतन्त्र रुपमा लगानी गर्नु सार्वभौकितामाथि हस्तक्षेप भएको बताउँदै सचेत नागरिकले यसको विरोध गर्नुपर्ने बताउनुभयो ।
सूर्यबहादुर थापाको पालामा रु. ३ करोडबाट शुरु भएको त्यो रकम बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला रु. ५ करोड पु¥याइएको बताउँदै उहाँले भारतको चर्को दबाब पछि मंसिर २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले रु. २० करोडसम्म पु¥याउने निर्णय गरेको प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो देश नाममा स्वतन्त्र र सार्वभौम देश भए पनि अप्रत्यक्ष रुपमा नेपाल भारतको उपनिवेश बन्दै गइरहेको छ ।’
सभाको विशेष समयमा सभासद्हरु मन्जु लाखा, सुमित्रा बोहजू, जितेन्द्र मुनंकर्मी, पुरुषोत्तम तमखू, श्यामसुन्दर मातां, सूर्यप्रसाद श्रेष्ठ, कृष्णगोपाल चौगुठी, इन्द्रबहादुर प्याठ, कृष्णनारायण दुमरु र गोविन्द दुवालले बोल्नुभएको थियो । सभामा उहाँहरुले इजरायलले प्यालेष्टाइनमाथि गरिरहेको नरसंहारको विरोध र भत्र्सना गर्दै न्यायप्रेमी जनताहरुले प्यालेष्टाइनी जनताप्रति ऐक्यबद्धता जनाउनु नागरिकहरुको अन्तर्राष्ट्रिय कर्तव्य भएको बताउनुभयो । उहाँहरुले नगरको समग्र समस्या र चुनौतीबारे पनि आफ्नो धारण ा राख्नुभयो ।
नगरसभाको अर्को बैठक पुस २९ गते दिनको १ बजे बस्ने गरी आजको बैठक सकिएको जानकारी गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.