Explore news and happenings at Bhaktapur

बेखालमा टेबुलटेनिसको भवन शिलान्यास

बैशाख १२, २०७८

0

भक्तपुर, ११ वैशाख । भक्तपुर नगरपालिकाले बेखाल कर्बड हलको भक्तपुर नगरपालिका १० नं वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले एक कार्यक्रमबीच शनिबार शिलान्यास गर्नुभयो ।

उक्त कार्यक्रममा वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले नेमकिपाले स्थानीय चुनावमा सार्वजनिक गरेको घोषणापत्रअनुसार नै खेलकुदको कर्वडहल बनाउन लागेको बताउँदै जनताको शिक्षा–स्वास्थ्यलाई ध्यानमा राखी बेखालमा जनस्वास्थ्य भवन बनाउने तयारी भइरहेको बताउनुभयो । उहाँले नगरपालिकाले खानेपानी समस्या समाधानको लागि काठमाडाँै उपत्यका खानेपानी लि.लाई घच्चघच्चाइ रहेको बताउँदै भक्तपुर अस्पताललाई व्यवस्थित गर्ने कार्यसमेत भक्तपुर नपाले जोड दिइरहेको बताउनुभयो ।

अनुगमन समितिका सदस्य एवम् ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुनिल दुवालले कवर्ड हलभित्र अलि बढी ठाउँ बढाउनको लागि प्याराफिटलाई व्यवस्थितसँग नयाँ प्रविधि प्रयोग गरिएको बताउनुभयो ।
भक्तपुर जिल्ला टेबुलटेनिस संघका अध्यक्ष प्रेमकृष्ण खबुर्जाले भक्तपुर नगरपालिकाबाट सञ्चालित प्रशिक्षणको कारण भक्तपुरका टेबुलटेनिस खेलाडीहरूलाई उत्साह बढेको बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवालको सभापतित्वमा भएको कार्यक्रममा टेबुलटेनिस प्रशिक्षक मुना बासुकलाले पनि बोल्नुभएको थियो ।

भक्तपुर नगरपालिका वडा नं १० बेखालस्थित कर्वड हलमा टेबुल टेनिस प्रशिक्षण हुँदै आएको थियो । उक्त हल भत्काई प्रतियोगितामा दर्शकहरू प्याराफिटमा बसेर हेर्न मिल्नेगरी नक्साको संरचना निर्माण भई हाल उक्त निर्माण स्थानमा बेखाल कवड हल मिनि इन्डोर स्टेडियमको रुपमा करिब दुई सय दर्शक हेर्न सक्ने पाराफिट (मुभेबल) सहित निर्माण हुन लागेको हो । प्रतियोगिता नभएमा प्याराफिटलाई खुम्चाई दश वटा टेबुलटेनिस बोर्ड राखी प्रशिक्षण दिन सक्ने र प्रतियोगितामा करिब चार वटा बोर्ड राखी प्रतियोगिता सञ्चालन गर्नसक्ने गरी उक्त कर्वडहल बागमति प्रदेशको ससर्त बजेटअन्तर्गत दुई करोड त्रीहत्तर लाखमा लागत अनुमानित बजेटमा बन्न लागेकोमा यो वर्ष उन्नापचास लाख विनियोजन भएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.