Explore news and happenings at Bhaktapur

दशैं नजिकिँदा भक्तपुरको मासु पसलमा अनुगमन

भक्तपुर, २९ असोज ।

0

नजिकिँदै गरेको दशैंलाई मध्यनगर गर्दै भक्तपुर नगरपालिकाले भक्तपुर नपा अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मासु पसल तथा बधस्थलहरुमा बिहीबार बजार अनुगमन गरेको छ ।

अनुगमनका क्रममा दशैंलाई लक्षित गरी मासु व्यवसायीहरुले जथाभावी मूल्य राखी उपभोक्ता ठग्ने र बासी तथा कुहेको मासु बिक्री वितरण र बधस्थलहरु अधिकांश मासु पसलहरु फोहर देखिएको बताउनुभयो ।

अनुगमन समितिले हरिकृष्ण शाहीको राँगोको मासु पसललाई पसल दर्ता गर्न, बिग्रेको र कुहेको मासु बिक्री नगर्न निर्देशन दिएको छ । साथै ढक तराजु नापतौल विभागमा नवीकरण गर्न, एप्रोन प्रयोग गरी काम गर्न, मासुलाई जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजारहरु, भाँडावर्तन सफा राख्न, मूल्यसूची राख्न निर्देशन दियो ।

त्यस्तै लक्ष्मी दास शाहीको राँगोको मासु पसलमा पेटी बाहिर पसल नराख्ने, डिफ्रिज र रेफ्रिजेटर प्रयोग गर्ने, दर्ता प्रमाण पत्र पसलमा देखिने गरी राख्न, ढक तराजु नविकरण गर्न, पसलमा मूल्यसूचि राख्न निर्देशन दियो ।

न्यू चिकेन स्टोरमा दर्ता नविकरण गर्न, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, एप्रोन प्रयोग नगरी मासुको काम गरी राखेकोले सेतो एप्रोन प्रयोग गरी काम गर्न, मासु काट्न प्रयोग गरिने औजारहरु, भाँडावर्तन सफा राख्न र ससेज्को लेबलमा उत्पादन मिति र म्याद नाघेको मिति स्पष्ट देखिने गरी राख्न अनुगमन टोलीले निर्देशन दियो ।

त्यस्तै महाकाली मिट स्टोर तथा बधस्थल दर्ता नविकरण गर्ने, बधस्थल भुई भित्ता सफा गर्न मिल्ने गरी र्मावल वा टायल राख्ने, बध स्थलमा ढल निकास व्यबस्थित गर्न र भु“डी, बोसोलगायत काम नलाग्ने मासुका फोहर ढलमा नफाल्ने, बधस्थलनिर राँगो राख्ने स्थान पनि सफा राख्न, मूल्य सुचि देखिने गरी राख्न निर्देशन दियो ।

त्यस्तै लक्ष्मी दास मिट सप दर्ता नभएको पाइएकोमा यथाशीघ्र दर्ता गर्न र बध स्थलमा ढल निकास व्यबस्थित गर्न निर्देशन दिनुका साथै बिग्रेको मासु ३ केजी जफत गरी नष्ट ग¥यो ।

त्यस्तै विकेश मिट सपमा दर्ता नविकरण सबैले देख्ने गरी राख्न, पसलमा सरसफाइ गर्न, भुई र भित्ता सफा गर्न मिल्ने गरी र्मावल वा टायल राख्न, मासु झिंगाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजारहरु, भाँडावर्तन सफा राख्न निर्देशन दियो । त्यस्तै महाकाली मिट सप दर्ता नविकरण गर्न, मुल्य सुचि राख्न, ढक तराजु नवीकरण गर्न, एप्रोन सेतो प्रयोग गर्न निर्देशन दियो ।
अनुगमनमा भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, कर शाखाका अर्जून खाईतु, उद्योग बाणिज्य संघका राजेश त्वानावासु, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक लब कस्पाल, भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रेमकृष्ण खर्बुजा सहभागी थियो ।

Leave A Reply

Your email address will not be published.