Explore news and happenings at Bhaktapur

वडा नं. १० मा वडावासीको भेला

भक्तपुर, ९ साउन ।

0

आर्थिक वर्ष २०७६/७७ मा भक्तपुर नपा वडा नं. १० कार्यालयबाट भएका विकास निर्माणका गतिविधिबारे वडाबासीहरूलाई जानकारी दिने उद्देश्यले शुक्रबार वडावासीहरूको भेला भयो ।

भेलामा नगर प्रमुख सुनिल प्रजापतिले लकडाउन खुलेस“गै कोभिड–१९ को सङ्क्रमणको खतरा रहेको हु“दा सबैले आफ्नो सुरक्षामा सचेत रहनुपर्ने बताउनुभयो ।

कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिन नदिन भनपाले क्वारेन्टिनको व्यवस्था गरिरहेको जानकारी गराउ“दै उहा“ले सरकारी जग्गा संरक्षण गर्न नपाले आवश्यक पहल गरिरहेको बताउनुभयो ।

भनपाले १२० भन्दा बढी सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार गरिसकेको जानकारी दि“दै प्रमुख प्रजापतिले भनपाले अरू स्थानीय तहले भन्दा फरक कामहरूको सड्ढलन ‘हाम्रो अभ्यास’ पुस्तक र स्थानीय पाठ्यक्रमका विषयवस्तु समेटेर ‘ख्वपको पहिचान’ नाम सन्दर्भ सामग्री पुस्तक प्रकाशन गरेको छ भन्नुभयो ।

ङातापोल जीर्णोद्धारमा नगरवासीहरूको स्वतःस्फूर्त सहयोगले नपालाई सहयोग पुगेको बताउ“दै उहा“ले नगरबासीको साथ र सहयोगी भावनाकै कारण सम्पदा संरक्षण कार्य अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

जनस्वास्थ्य केन्द्र भक्तपुरले थाइराइडको जा“च पनि छिट्टै सुरू गर्दै छ । श्वास प्रश्वासमा पहिलो छात्ती पुनःस्थापना केन्द्र पनि भक्तपुरमा सञ्चालन गर्ने तयारी भइसकेको छ, प्रमुख प्रजापतिले जानकारी गराउनुभयो ।

भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौ“मिखाले आ.व. २०७६/७७ मा वडामा भएका विकास निर्माणका कार्यक्रमहरूको प्रतिवेदन पेश गर्दै वडाले आत्मरक्षा, कौशी खेती, बीऊ वितरण, स्वास्थ्य सेवा आदिको तालिम नियमितरूपमा सञ्चालन भइरहेको बताउनुभयो ।

कार्यक्रममा भनपाका पूर्व उपप्रमुख चैत्यराज शाक्य, पूर्व वडाध्यक्ष चन्द्रबहादुर उलक, वडा सदस्य जितेन्द्र मुनंकर्मी, ज्ञानकुमार मगजू र वडासचिव गोविन्दराम थुसाले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.