Explore news and happenings at Bhaktapur

काठमाण्डौ तारकेश्वरस्थित लालीगुराँस नेशनल एकेडेमीका विद्यार्थीहरु भक्तपुर अध्ययन भ्रमणमा

२०८२ मंसिर १४ गते आइतबार ।

0
काठमाण्डौ तारकेश्वरस्थित लालीगुराँस नेशनल एकेडेमीमा कक्षा ६ मा अध्ययतरत विद्यार्थीहरुले भक्तपुर अध्ययन भ्रमणका क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग साक्षात्कार गरेका छन् ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले नगर प्रमुख प्रजापतिले विद्यार्थीहरुले सानै उमेरदेखि नै पढाइसँगै असल व्यवहार पनि सिक्नुपर्ने बताउनु भयो । राम्रो बानी व्यहोरा भएका भाइवहिनीहरुलाई सबैले मन पराउने हुँदा असर आचरण सिक्नुपर्छ भन्नुभयो ।
उहाँले भक्तपुरको भौगालिक अवस्था, कला संस्कृति, सम्पदा संरक्षण, शैक्षिक अवस्था, सरसफाईलगायतका क्षेत्रमा गरिरहेका गतिविधिहरुबारे अवगत गराउँदै भक्तपुरलाई सफा, आकर्षक र पर्यटकीय गन्तव्यस्थल बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले देशको लागि आवश्यक उत्कृष्ट जनशक्तिहरु उत्पादन गरिरहेको बताउँदै नपाले प्रदान गर्दै आएको शैक्षिक ऋण र छात्रवृत्तिले देशभरीका विद्यार्थीहरु लाभान्वित भएको प्रमुख प्रजापतिले बताउनुुभयो ।

कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले भक्तपुरका सम्पदाहरु अवलोकन गर्न देश विदेशबाट पर्यटकहरु आउने क्रम बढिरहेको बताउँदै भक्तपुर नपाले नगरका सबै विद्यालयहरुमा स्थानीय पाठ्यक्रम अध्ययन अध्यापन गराइरहेको तथा सो पाठ्यक्रममा भक्तपुर विशिष्ट व्यक्तिहरुको जीवनी, कला संस्कृति, जात्रा पर्वलगायतका पाठ्यसामग्रीहरुको पठन पाठन गर्दै आएको बताउनुभयो ।
लालीगुराँस नेशनल एकेडेमीका शिक्षिका सृजना वाग्लेले भक्तपुरको शैक्षिक अध्ययन भ्रमण गर्न पाएको खुशी व्यक्त गर्दै नगरपालिकाले सबै क्षेत्रमा उत्कृष्ट काम गरिरहेको बताउनुभयो ।
विद्यालयका १४० जना विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रममा प्रमुख प्रजापतिले विद्यालयको लागि नपाका प्रकाशनहरु उपहार स्वरुप प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.