Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा तालाक्व दम्फोमा अवस्थित फल्चा (पाटी) शिलान्यास

२०८२ मंसिर ११, बिहीबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज भक्तपुर नपा वडा नं. ४ तालाक्व दम्फोमा अवस्थित फल्चा (पाटी) पुनःनिर्माणको लागि शिलान्यास गर्नुभयो ।
फल्चा शिलान्यास गर्दै नगर प्रमुख प्रजापतिले स्थानीय जनताको आर्थिक र भौतिक सहयोगमा फल्चा पुनःनिर्माण कार्य गुणस्तरीय ढंगले छिटो सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले भूकम्पले भत्केका र जीर्ण अवस्थामा रहेका धेरै फल्चाहरुको पुनःनिर्माण सम्पन्न गरिसकेको बताउँदै उहाँले विदेशी सहयोगविना भक्तपुरका सम्पदाहरु जस्ताको तस्तै ठडिएको कारण भक्तपुरको शान बढाएको बताउनुभयो ।
नगरबासीहरुको आर्थिक जीवनस्तर उकास्न पर्यटन प्रवद्र्धनमा जोड दिँदै आएको बताउँदै उहाँले जनतालाई जनश्रमदानको लागि प्रेरित गर्नुभयो ।
नेपाल भ्रमण गर्ने पर्यटकमध्ये २५—३० प्रतिशत पर्यटक भक्तपुर भ्रमण गर्ने तथ्यांक प्रस्तुत गर्दै उहाँले भक्तपुरबारे अन्तर्राष्ट्रिय जगतमा राम्रो प्रचारप्रसार भइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले फल्चा निर्माणको ऐतिहासिक र सांस्कृतिक पक्षमाथि प्रष्ट पार्दै नगरपालिकाले भक्तपुरका मूर्त र अमूर्त सम्पदा संरक्षण र नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा तालाक्व दम्फो पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धव प्रजापतिले पाटी पुनःनिर्माणमा सबै वडाबासीहरुको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा तालाक्व दम्फो पुनःनिर्माण उपभोक्ता समितिका सदस्य मदनकृष्ण श्रेष्ठ र स्थानीय तुल्सीराम सुवालले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.