Explore news and happenings at Bhaktapur

बखुन्छेँको सम्झनामा शोकसभा

भक्तपुर । २०८२ कार्तिक १४

0
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको आयोजनामा संस्थानका जिन्सी सहायक दीपक बखुन्छेको असामयिक निधन भएकोमा आज शोक सभा आयोजना ग¥यो ।
शोक सभामा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले शोकलाई शक्तिमा बद्लेर अगाडि बढ्नुपर्ने बताउँदै मृतक बखुन्छेँको योगदानको स्मरण संस्थाको लागि सदा स्मरणीय रहेको बताउनुभयो ।
देश र समाजको निम्ति काम गर्नेहरु अमर रहने विचार व्यक्त गर्दै उहाँले जीवन छोटो होस् तर सार्थक बनाउने प्रयास गर्नुपर्छ भन्नुभयो ।
त्यस्तै उपप्रमुख रजनी जोशीले स्व. बखुन्छेँले छोटो समयमा संस्थानको लागि गरेको योगदान अविस्मरीय भएको आफ्नो स्वास्थ्यको परीक्षण समयमा गर्न सके भविष्यमा हुने जोखिमबाट बच्न सकिने बताउनुभयो ।
शोक सभामा भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व र ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले स्व. बखुन्छेप्रति मृतकप्रति श्रदाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.