Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिसँग चीनको छोङछिङ समाज विज्ञान अध्ययन प्रतिष्ठानका अनुसन्धानकर्ता सिओङ पोसहितको प्रतिनिधिमण्डलद्वारा भेट

२०८२ कार्तिक ११

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर नगरपालिकाको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका चीनको छोङछिङ समाज विज्ञान अध्ययन प्रतिष्ठानका अनुसन्धानकर्ता सिओङ पो सहितको प्रतिनिधिमण्डलले आज भनपा सभाकक्षमा भेट ग¥यो । चिनियाँ प्रतिनिधिमण्डललाई नगर प्रमुख प्रजापतिले पुष्पगुच्छा, खादा र भादगाउँले टोपीबाट सांस्कृतिक नगरी भक्तपुरमा स्वागत गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले चिनियाँ प्रतिनिधिमण्डलको भ्रमण र दुई पक्षीय अनुभव आदानप्रदानले एकले अर्कोलाई बुझ्ने र सिक्ने अवसर प्राप्त हुने आशा व्यक्त गर्दै चीनको
राष्ट्रपति सि चीनफिङको नेतृत्वमा भइरहेको चीनको तीव्र विकासबाट नेपाली जनताले धैरै सिक्न बाँकी रहेको बताउनुभयो ।

 

नेपाल र चीन नजिकको छिमेकीमात्र नभई नेपालको असल छिमेकी भएको बताउँदै उहाँले भन्नुभयो, ‘हाम्रा दुई देशबीचको सम्बन्ध इतिहास जतिकै पुरानो छ । दुई देशबीचका प्रतिनिधिमण्डलहरुको भ्रमणहरुले हामीलाई अझ नजिक बनाउँदै लगेको छ ।’
२०७२ सालमा नयाँ संविधान निर्माणपछि भएको दुबै निर्वाचनमा भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरु निर्वाचित भएको कुरा अवगत गराउँदै नगर प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवाद स्थापनाको लागि क्रियाशील कम्युनिष्ट पार्टी भएको र यस पार्टीले माक्र्सवाद, लेनिनवाद र माओ त्से तुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रुपमा अङ्गीकार गर्दै आएको स्पष्ट पार्नुभयो ।
नेपाल र नेपाली जनताले “एक चीन नीति” को दृढताका साथ समर्थन गर्दै आएको स्मरण गर्दै उहाँले चीनका विभिन्न पालिकाहरुसँग भक्तपुर नगरपालिकाको सम्बन्ध विस्तारका गतिविधिहरु भइरहेको अवगत गराउनुभयो ।
नेपाल आउने विदेशी पर्यटकहरुमध्ये २५ देखि ३० प्रतिशत पर्यटकहरुले भक्तपुर भ्रमण गर्ने गरेको तथ्यांक उल्लेख गर्दै उहाँले चिनियाँ नेताहरु र उच्च पदाधिकारीहरुको भक्तपुर भ्रमणले उत्साहित बनाएको बताउनुभयो ।
भक्तपुर भ्रमण गर्ने पर्यटकहरुबाट रकमबाट भक्तपुरको सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य र विकास निमार्णमा खर्च गर्दै आएका बताउँदै उहाँले भक्तपुरका मौलिक उत्पादन तथा चाडपर्व आदिबारे पनि अवगत गराउनुभयो ।
भेटमा चीनको छोङछिङ समाज विज्ञान अध्ययन प्रतिष्ठानका अनुसन्धानकर्ता सिओङ पोले नेपाल भ्रमणको उद्देश्यमाथि प्रष्ट पार्दै छोङछिङ समाज विज्ञान अध्ययन प्रतिष्ठानले नीति निर्माणको तहमा विभिन्न विषयको अध्ययन अनुसन्धान गरी सरकारलाई समन्वयकारी भूमिका खेल्दै आएको बताउनुभयो ।
चीनको प्रमुख शहर छोङछिङ र भक्तपुरबीच सांस्कृतिक, आर्थिक र व्यापारिक अनुभव आदानप्रदानको सम्भावना अध्ययन गर्न नेपाल भ्रमणमा आएको प्रष्ट पार्दै उहाँले छोङछिङ दक्षिणपश्चिम चीनको एक महत्वपूर्ण सहर भएको बताउनुभयो ।
छोङछिङ केन्द्रीय जनसरकारद्वारा प्रत्यक्ष शासित सहरमध्ये एक भएको बताउँदै उहाँले छोङछिङमा ३ करोड जनसंख्या रहेको उल्लेख गर्दै भक्तपुर र छोङछिङबीच सांस्कृतिक, आर्थिक तथा व्यापारिक आदानप्रदानमा समन्वय र सहकार्य गरी अगाडि बढ्न इच्छुक रहेको बताउनुभयो ।
जनसंख्या, विकास निर्माणलगायतका क्षेत्रमा नेपाल र छोङछिङबीच धेरै समानता रहेको बताउँदै उहाँले बुद्ध धर्मको केन्द्रको रुपमा रहेको छोङछिङ र सांस्कृतिक नगरबीच पर्यटन प्रवद्र्धनका थुप्रै सम्भावनाहरु रहेको उल्लेख गर्नुभयो ।
चीनको पर्यटक नेपालमा बढी भन्दा बढी ल्याउन आवश्यक पहल गरिने बताउँदै उहाँले दुई देशबीचको भ्रमण र अनुभव आदानप्रदानले सम्बन्ध विस्तार गर्न अझ सहज हुने बताउनुभयो ।
भेटमा छोङछिङ समाज विज्ञान अध्ययन प्रतिष्ठानका ऊ क्वाङहुई, लि खाङ, छोङछिङ नगरपालिकाका प्रतिनिधि तु जिअनताओ र छोङछिङ अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्रका उपनिर्देशक छन हुवायु र पाइ स्याओसाको उपस्थिति रहेको थियो । त्यस्तै नगरपालिकाका तर्फबाट भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, ७ नं. का वडाध्यक्ष उकेश कवां, ५ नं. वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई र प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको उपस्थिति रहेको थियो । भेटपश्चात उहाँहरुबीच उपहार आदानप्रदान भयो ।
प्रतिनिधिमण्डलले भक्तपुरको दरबार क्षेत्र र टौमढीलगायतको अवलोकन गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.