नियमित खोप सुदृढीकरण, पूर्ण खोप सुनिश्चितता र दिगोपना तथा सूक्ष्म योजना अद्यावधिक सरसफाई प्रवद्र्धन कार्यक्रमसम्बन्धी सूक्ष्म योजना तर्जुमा कार्यक्रम सम्पन्न
२०८२ असोज २७
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नियमित खोप सुदृढीकरण, पूर्ण खोप सुनिश्चितता र दिगोपना तथा सूक्ष्म योजना अद्यावधिक सरसफाई प्रवद्र्धन कार्यक्रम सम्बन्धी सूक्ष्म योजना तर्जुमा कार्यक्रम मंगलबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले नागरिकहरुलाई स्वस्थ बनाउने पहिलो चरण नै पूर्ण खोप सुनिशिचतता भएको बताउँदै कोही पनि बालबालिका खोपबाट बञ्चित नहुने ढंगले काम गर्न प्रेरित गर्नुभयो ।
राज्यले बालबालिकालाई स्वस्थ राख्न विभिन्न रोगविरुद्ध खोप अनिवार्य गर्दै सम्पूर्ण खर्च सरकारले व्यहोरिरहेको हुँदा राज्यको लगानी सही सदुपयोग गर्न स्वास्थ्यकर्मीहरु लाग्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अन्जना खड्काले आ.व. २०८१।८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुबारे प्रस्तुतीकरण देखाउँदै भक्तपुर नपाले व्यवस्थित ढंगले खोप कार्यक्रमलाई अगाडि बढाउँदै आएको बताउनुभयो ।त्यस्तै एम.सी. एच क्लिनिक भक्तपुर अस्पतालका जमुना काफ्ले, भक्तपुर नगरपालिकाका कमलकेशरी राजचल, ख्वप अस्पतालका रविना सुवाल र नगर स्वास्थ्य केन्द्र तचपालका कृष्णशोभा मिलापतिलगायतले पनि आ.व. २०८१।८२ को खोप कार्यक्रमको प्रगति प्रस्तुतीकरण गरेका थिए ।
उक्त कार्यक्रममा भक्तपुर नपा स्वास्थ्य शाखा प्रमुख डा. रत्नसुन्दर लासिवाले पनि कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्नुभयो ।