Explore news and happenings at Bhaktapur

जेनजी आन्दोलनबाट नेपालमा भारतको प्रत्यक्ष हस्तक्षेप बढ्ने सम्भावना

भक्तपुर । २०८२ असोज १३

0

भक्तपुर नगरपालिकाको आयोजनामा सफाइ कर्मचारीहरुको भेला गरी दशैंको शुभकामना आदान प्रदान कार्यक्रम आज सम्पन्न  गर्यो। कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीहरु देशको जिम्मेवार नागरिक पनि भएको हुँदा असल नागरिकको कर्तव्य निर्वाह गर्न सँधै अग्रसर हुनुपर्ने बताउनुभयो ।

प्रमुख प्रजापतिले सफाइ क्षेत्रका कर्मचारीहरु अरु कर्मचारी भन्दा धेरै खटिनुपर्ने बताउँदै उहाँले भक्तपुर नपाले गरेका असल अभ्यासको स्वाभाविक रुपमा देशैभरि भइरहेको बताउनुभयो । कम्युनिष्टहरुले निःस्वार्थ सेवा भावले काम गर्ने बताउँदै उहाँले जेनजी आन्दोलनको नाम दिएर नेपालमा विदेशी चलखेल बढिरहेकोतर्फ सचेत हुनुपर्ने बताउनभुयो । हर्क साङपाङले भारतीय दूतावासको अनुमति लिएर मात्रै मन्त्री बन्न सक्ने भनेपछि आफूले मन्त्री नखाएको कुरा मिडियामा सार्वजनिक भइरहेको प्रसंग जोड्दै उहाँले जेनजीे आन्दोलनबाट अब नेपालमा भारतको प्रत्यक्ष हस्तक्षेप बढेको बताउनुभयो । कर्मचारीहरु कार्यालयभित्र मात्र नभई समाजका विविध गतिविधिहरुमा सक्रियतापूर्वक सहभागी हुनुपर्ने बताउँदै उहाँले नगरको सरसफाइमा नगरपालिका एक्लैले केही गर्न सक्दैन, यसमा पनि जनताको साथ र सहयोग आवश्यक हुन्छ भन्नुभयो ।

भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले कर्मचारीहरुले थप जिम्मेवारी बहन गरी चाडपर्वमा नगरलाई सफा राख्न काम गर्नुपर्ने बताउनुभयो । भक्तपुर ऐतिहासिक र सांस्कृतिक रुपमा सम्पनन नगर हो र यहाँको शिक्षा, स्वास्थ्य, सरसफाइ आदि पनि देशकै लागि अनुकरणीय बनिरहेको उहाँले बताउनुभयो ।

भक्तपुर नपा वडा नं. १० का वडा सदस्य एवम् वातावरण समितिका सदस्य विष्णुमाया कामीले दशैं सभ्य र सुसस्कृत ढंगले मनाउन शुभकामना दिनुभयो ।

कार्यक्रममा श्यानिटेशन शाखा प्रमुख दिलिप कुमार सुवालले चाडपर्वमा अरुबेला भन्दा धेरै फोहोर हुने हुँदा सफाइ कर्मचारीहरुको थप जिम्मेवारी रहने बताउँदै कर्मचारीको लगनशीलताले भक्तपुर नगर फोहर व्यवस्थापनमा अन्य नगरपालिकाले भन्दा पृथक पहिचान बनाउन सफल भएको बताउनुभयो ।

 

Leave A Reply

Your email address will not be published.