Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानअन्तर्गत नर्सिङ विभागको आयोजनामा भएको शुभ विजया दशमी, दिपावली र छठको अवसरमा आयोजित शुभकामना कार्यक्रम

भक्तपुर । २०८२ असोज १२

0
शासकहरुको अकर्मन्यताका कारण युवाहरुमा राजनीतिप्रति वितृष्णा

भक्तपुर । २०८२ असोज १२

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दशैं बिदाको समयमा नयाँ नयाँ किताबहरुको अध्ययन गर्ने, सिर्जनात्मक कार्य गर्ने र जनताको सेवामा समर्पित भएर लाग्न विद्यार्थीलाई अभिप्रेरित गर्दै सरसफाइ र स्वस्थ खानपानमा पनि जोड दिर्नुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानअन्तर्गत नर्सिङ विभागको आयोजनामा भएको शुभ विजया दशमी, दिपावली र छठको अवसरमा आयोजित शुभकामना कार्यक्रममा बोल्दै उहाँले स–सानो गल्तीबाट हुने ठूलो दुर्घटनाबाट सजग हुन मार्गनिर्देश गर्नुभयो ।

नर्सिङ पेशा निस्वार्थ सेवासँग सम्बन्धित पेशा भएकोले देशको सुरक्षाकर्मी जस्तै ३६५ दिन नै आफ्नो कर्तव्य र जिम्मेवारी साथ सेवा गर्न कटिबद्ध रहनुपर्ने उहाँले बताउनुभयो । भदौ २३ र २४ गते जेनजीको नाउँमा भएको आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, अख्तियार कार्यालयलगायत सयौं कार्यालयहरु जल्नुका साथै माओवादी द्वन्द्वकालका फाइलहरु रहेको, भुटानी शरणार्थीबारे अनुसन्धानका फाइलहरु, सहकारी सम्बन्धी फाइलहरु र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तावेजहरु जलाइनु आफैमा षड्यन्त्रपूर्ण भएको स्पष्ट पार्नुभयो ।

‘२०४६ सालदेखि हालसम्म कांग्रेस, एमाले र माओवादीले पालैपालो शासन गरे तर शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा कुनै पनि सकारात्मक सुधार हुन सकेन, भ्रष्टाचार मात्रै ब्याप्त रह्यो’, प्रमुख प्रजापतिले बताउनुभयो ।

देशको राजनीतिप्रति युवा पुस्ताको वितृष्णासँगै युवाहरु विदेशिने क्रम झन् बढेको बताउँदै उहाँले पुँजीवादी सरकारको विरुद्धको असन्तुष्टिस्वरुप जेनजी आन्दोलनमार्फत युवाहरुले आक्रोश पोखेको बताउनुभयो । कार्यक्रममा संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले ख्वप नर्सिङ विभाग आफ्नै छुट्टै भवनबाट सञ्चालनमा आएको बताउँदै देशको विषम परिस्थितिबीच चाडपर्वहरु मनाउँदा चनाखो हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नर्सिङका विभागीय इन्चार्ज इश्वरी डंगोलले भदौ २३ र २४ गते भएको आन्दोलनले शैक्षिक क्षेत्रमा पनि ठूलो क्षति पु¥याएको बताउँदै विद्यार्थीहरुले दशैं बिदामा पनि अध्ययनलाई निरन्तरता दिन जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.