भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार तथा सांस्कृतिक गुरुहरूको सम्मान
भक्तपुर । २०८२ असोज २ गते, बिहीबार
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा गुन्हीपुन्ही सापारु २०८२ मा प्रदर्शन गरिएका घिन्ताङघिसी, माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाका विजयी सांस्कृतिक समूहहरुलाई पुरस्कार वितरण एवम् सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रम बिहीबार भव्य समारोहबीच सम्पन्न भयो ।


सम्पदामा क्षति र हानि नोक्सानी गर्नेहरूबाट सचेत हुनुपर्ने बताउँदै उहाँले हाम्रो सम्पदा र कला संस्कृति नै हाम्रो पहिचान भएको हुँदा यसको संरक्षण र प्रवर्धनमा हामी स्वयं लाग्नुपर्ने बताउनुभयो।
विदेशीको भरमा विकास गर्ने परनिर्भर सोचले हामीलाई अपाङ्ग र माग्ने प्रवृत्ति विकास हुने हुँदा हाम्रो इतिहास र सभ्यतालाई हामी आफैंले संरक्षण गर्नुपर्ने बताउनुभयो।
सांस्कृतिक कलाकार र संस्कृतिकर्मीहरूलाई निरन्तर उत्साहित गर्दै लानुपर्ने बताउँदै अध्यक्ष बिजुक्क्षले जनताको साथ र सहयोगमा गरिने हरेक काम सफल हुने बतानुभयो।
देशमा व्याप्त भ्रष्टाचारले देशलाई झन् झन् आर्थिक रूपले कमजोर बनाउँदै लगेको बताउँदै यसमा शासक दलहरु नै जिम्मेवार रहेको बताउनुभयो ।

सांस्कृतिक गुरु सम्मानले संस्कृतिकर्मीहरूमा उत्साह थप्ने काम भएको छ भन्दै उहाँले भक्तपुर विदेशीको सहयोगले होइन आफ्नो स्वाभिमानले आत्मनिर्भर भएर अगाडि बढेको नगर भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले पर्यटन प्रबर्द्धनमा पनि जोड दिदै आएको भन्दै देशमा शान्ति सुरक्षाको प्रत्याभूति भए मात्र बिदेशी पर्यटक नेपालको भ्रमणमा आउने स्पस्ट पार्नुभयो ।
नयाँ पुस्तालाई सम्पदा संरक्षणको महत्व र भक्तपुरको कला संस्कृतिबारे अध्ययन अध्यापनको व्यवस्था गर्दै आएको बताउदै उहाले नयाँ पुस्तालाई प्रशिक्षित गरी पुस्तान्तरण गर्ने काममा नगरपालिकाले सहजीकरण गर्दै आएको बताउनुभयो।

भक्तपुरको कला संस्कृति नेपालमा मात्र नभई विश्वमा चिरपरिचित रहेको बताउँदै उहाँले कला संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले अझ बुद्धिमानपूर्ण ढंगले अगाडि बढ्न जरुरी रहेको बताउनुभयो।
वर्तमान राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा व्यक्त गर्दै सांसद गोसाईले विदेशी हस्तक्षेपबारे नेपाल मजदुर किसान पार्टीले संसददेखि सडकसम्म र जनतालाई सुसुचित गर्ने काम गर्दै आएको बताउँदै अहिलेको अवस्थाको मुख्य जिम्मेवार शासक दलहरू नै भएको बताउनुभयो।
देशको राजनीति गलत बाटोमा गएपछि देशमा अशान्ति र अराजकता फैलिनु स्वाभाविक भएको बताउँदै उहाँले जनता स्वयं देशको रक्षक दल हुनुपर्ने पाठ वर्तमान राजनीतिक घटनाक्रमले पुष्टि गरेको बताउनुभयो।


भक्तपुर नगरपालिकाको प्रशासनिक व्यवस्था र सेवा प्रवाह अन्य नगरपालिकाको भन्दा अनुकरणीय भएको बताउँदै उहाँले संस्कृतिकर्मी सम्मान कार्यक्रमले भक्तपुरको सांस्कृतिक विविधतालाई जीवित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
भक्तपुरको शान्ति सुरक्षा कायम गर्ने विषयमा अझ तदारुक्ताका साथ अगाडि बढ्ने बताउनुभयो।

सांस्कृतिक सम्पदा संरक्षण गर्ने पहिलो दायित्व स्थानीय जनतामा निहित हुने बताउँदै उहाँले आगामी दिनमा पनि भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणको क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक गुन्हीपुन्ही सापारु २०८२ मा प्रदर्शन गरिएका घिन्ताङघिसी, माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरुको मूल्यांकनको समीक्षा गर्नुभयो ।
सोही क्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले यो वर्ष प्रत्येक वडाबाट १ जना सांस्कृतिक गुरुहरुलाई उहाँहरुको योगदानको कदरस्वरुप भक्तपुर नपाले सम्मान गरिएको र यो वर्षको गुन्हीपुन्ही सापारुमा विविध विधाअन्तर्गत १४६ सांस्कृतिक समूहले प्रतियोगितामा भाग लिएको बताउनुभयो ।