Explore news and happenings at Bhaktapur

भक्तपुरको मौलिक येन्याँ पुन्ही (इन्द्रजात्रा) प्रारम्भ

भक्तपुर । २०८२ भदौ १९, बिहीबार

0
भक्तपुरका परम्परागत २४ वटा टोलहरुमा यम द्यः (इन्द्र ध्वज) ठड्याउँदै भक्तपुरको मौलिक येन्याँ पुन्ही (इन्द्रजात्रा) आजबाट प्रारम्भ भएको छ । विगतमा भक्तपुरको पुरानो नगर क्षेत्रभित्र सयौंको संख्यामा उभ्याउने यम द्यः को गुठीको लागि छुट्याइएका स्रोत जग्गाहरु म्हासिँदा धेरै यम द्यः हरु ठडिन छोडेको छ । स्थानीय जनसमुदायका अनुसार इन्द्रका छोराले इन्द्रका श्रीमतीको व्रतको लागि पृथ्वी लोकबाट खाइसी (सुन्तला जातको एक फल) लिन आउँदा बगैंचाको मालिकले चोरीको अभियोगमा समातेर बाटोमा बन्दी बनाई उभ्याइएको प्रतिकको रुपमा रहेको भनी जनविश्वास रहेको छ । त्यसैले उक्त यम द्यः चालाई इन्द्रजात्राको पूर्णिमाको दोस्रो दिनदेखि पृथ्वीलोकको राजाको प्रतिक मुपात्र र राजाका गण धिच्चाहरुसमेत भई नगरका सबै यम द्यः चाहरुको घुम्दै तरवारले हानेर दण्डित गरेको प्रतिकको रुपमा संस्कृति हालसम्म प्रलचन रहेको छ । सोही जात्राको अन्तिम दिन भक्तपुरमा इन्द्रको बहान ऐरावतको प्रतिक बाँसको चोयाबाट निर्मित मान्ड्रा (पुलु किसी) लाई पुरानो नगरभरि परिक्रमा गराई उक्त यम द्यःलाई पृथ्वी लोकको राजा मुपात्र बाट मुक्ति गराएपछि भक्तपुरको येन्याँ पुन्ही (इन्द्रजात्रा) विधिवत रुपमा अन्त्य हुन्छ । सोही क्रममा मुपात्रसँगै सलाँ गणेश, छुमा गणेश र मान्ड्रोको भैरव (पुलु याम्हा भैल द्य) र या मताहरु समेत नगर परिक्रमा गराउने प्रचलन रहेको पाइन्छ ।

Leave A Reply

Your email address will not be published.