Explore news and happenings at Bhaktapur

प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेलाई स्वागत

२०८२ भदौ १२

0
भक्तपुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भई आउनुभएका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेलाई आज स्वागत तथा परिचयात्मक कार्यक्रम ग¥यो । नगर प्रमुख सुनिल प्रजापतिले प्रजिअ घिमिरेलाई पुष्पगुच्छा, खादा र भादगाउँले टोपी लगाइदिनुभई भक्तपुरमा स्वागत गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा संकटको समयमा प्रशासन, प्रहरी र सम्बन्धित संघ संस्थाहरूसँग समन्वय र सहकार्य गरी काम गर्दै आएको बताउनुभयो ।
नगरका विवादहरु वडागत तहबाटै समाधान गर्ने प्रयास भइरहेको बताउँदै उहाँले संघ र प्रदेशसँगको सहकार्यमा नपाले आफ्ना गतिविधि अगाडि बढाउँदै आएको बताउनुभयो ।
संघ, प्रदेश र स्थानीय तहको समन्वयले मात्रै संघीयताको प्रभावकारी कार्यान्वयन सम्भव भएको बताउँदै उहाँले संविधानको भावनाअनुसार जिल्लास्तरीय संरचनाहरू कृषि, शिक्षा, स्वास्थ्य, भूमिसुधार, नगर विकास, वन, खानेपानी, पुरातत्व जस्ता एकाइहरू पालिकाअन्तर्गत ल्याइनुपर्ने र जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने र जिल्ला शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै प्रजिअ घिमिरेले भक्तपुरमा काम गर्न पाउनुमा गौरवान्वित महसुस गर्दै भक्तपुर नपाको सुशासन र सेवा प्रवाह व्यवस्थित र नमुना भएको बताउनुभयो ।
स्थानीय तह जनताका आधारभूत आवश्यकता पूरा गर्ने जनताको नजिकको सरकार भएको हुँदा स्थानीय तहलाई सक्षम र अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिँदै उहाँले स्थानीय तहलाई स्वायत्त ढंगले काम गर्न दिइनुपर्ने बताउनुभयो ।
भक्तपुरको शान्ति सुरक्षा कायम गर्ने, सांस्कृतिक सम्पदाहरूको सुरक्षा गर्ने विषयमा कुनै सम्झौता नहुने बताउँदै उहाँले भक्तपुर सुसंस्कृति र अनुशासित समाजले युक्त नगरको रुपमा विाकस भइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई र वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले प्रजिअ घिमिरेको सफल कार्यकालको लागि शुभकामना दिनुभयो ।
नगर प्रमुख प्रजापतिले प्रजिअ घिमिरेलाई भक्तपुर नगरपालिकाको प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभयो । कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य र नगरपालिकाका शाखा प्रमुखहरूको उपस्थिति रह्यो ।

Leave A Reply

Your email address will not be published.