Explore news and happenings at Bhaktapur

भक्तपुर काण्ड (भाद्र ९, कालो दिन) को स्मरणमा कर्मचारीहरुबीच भत्र्सना कार्यक्रम

२०८२ भदौ ६

0
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायती सरकारले रचेको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को विरोध एवम् भत्र्सना कार्यक्रम शुक्रबार भक्तपुर नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतले समाज, देश र जनताको लागि निःस्वार्थपूर्वक सेवामा लाग्ने नेता र कार्यकर्ताहरुविरुद्ध कुनै पनि षड्यन्त्र हुन सक्ने तर्फ सचेत र संगठित भएर बस्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर काण्ड नेपालको राजनैतिक इतिहासमा राज्य स्तरबाट रचिएको नियोजित षडयन्त्र हो भन्दै इतिहास दोहोरिन्छ तर फरक ढंगले, त्यसकारण यस्तो षड्यन्त्रहरु फेरि फेरि पनि हुन सक्नेतर्फ सजग हुनुपर्ने बताउँदै राजनैतिक रुपले सचेत र संगठित व्यक्तिले जस्तोसुकै संकट सामना गर्न सक्षम हुने उहाँले बताउनुभयो ।
नेमकिपाले प्रतिकृयावादी संघ संस्थाभित्र गएर जनताको सेवा गर्ने नीतिअनुुसार पंचायती व्यवस्थाले गरेका हरेक निर्वाचनलाई उपयोग गरी पंचायत विरोधी संघर्षलाई तीब्र बनाउ“दै लगेको स्पष्ट पार्दै उहाँले नेमकिपाले निर्वाचनलाई उपयोग गरेर पञ्चायतका विकृतिहरु जनतासमक्ष उदंग्याउने काम गरेको बताउनुभयो ।
कामदार वर्गले निरन्तर पू“जीपति वर्गको विरुद्ध सम्झौताहीन संघर्ष गर्नुपर्ने र शत्रुसामु लचिलो नभइ झन् कठोर भएर प्रस्तुत हुनुपर्ने पाठ भक्तपुर काण्डले सिकाएको प्रमुख प्रजापतिले स्पष्ट पार्नुभयो ।
जस्तोसुकै प्रतिकुल अवस्थामा पनि अनुकूलता खोजी काम गर्न उत्साहित गर्दै उहाँले का. राहितद्वारा लिखित फाँसी दे पुस्तक त्यसकै एउटा दरिलो उदाहरण हो भन्नुभयो ।
भक्तपुर काण्डले महिलाहरुलाई पनि राजनैतिक रुपमा संगठित हुन सिकाएको बताउँदै उहाँले कम्युनिष्टहरुले कसरी राम्रो काम गर्ने उदाहरण भक्तपुरले देखाएको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर काण्डजस्तो षड्यन्त्र जुनसुकै बेला फेरि दोहोरिन सक्छ भन्दै नेमकिपाले हरेक वर्ष भक्तपुर काण्डको भत्र्सना गर्दै नयाँ पुस्तालाई सचेत पार्ने काम गर्दै आएको बताउनुभयो ।
नेमकिपाले बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, मोहियानी हक संरक्षणको आन्दोलन र भ्रष्टाचारविरोधी आन्दोलन गर्दै सामन्तवाद तथा पू“जीवादविरोधी आन्दोलनमा सकृय भूमिका खेल्दै आएको बताउ“दै उहाँले असल मानिसलाई फसाउन खोज्नेहरु आपैm नष्ट हुन्छन् भन्ने एक उदाहरण भक्तपुर काण्ड बनेको बताउनुभयो ।
कार्यपालिका सदस्य रोशनमैंया सुवालले भक्तपुर काण्डको समयमा भएका षड्यन्त्रहरुबारे प्रष्ट पार्दै भक्तपुर काण्डमा महिलाहरुले अदम्य साहसका साथ राज्यस्तरको खुला षड्यन्त्रविरुद्ध एकजुट भई डटेर काम गरेको स्मरण गर्नुभयो ।
उहाँले नेमकिपालाई समुल नष्ट पार्ने उद्देश्यले राज्यस्तरबाटै भएको भक्तपुर काण्डको षड्यन्त्र रचिएको हो भन्दै भक्तपुर काण्डबारे भएको जालसाजीपूर्ण सर्जजमिनबारे स्पष्ट पार्नुभयो ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुर काण्डले नै पञ्चायती व्यवस्थाको अन्त्य गर्न सघाउ पु¥याएको बताउँदै उक्त समयमा कर्मचारीहरुलाई जबरजस्ती अवकाश लिन लगाउने, धम्की दिनेलगायतका त्रास उत्पन्न गराउने गतिविधिहरु भएको बताउनुभयो ।
उहाँले भक्तपुर काण्डको समयमा नगरपालिकाका कर्मचारीहरुलाई पनि झुटो मुद्दामा फसाएर चरम यातना दिएको आज पनि स्मरणीय भएको बताउनुभयो ।
कार्यक्रममा एशोसियसनका सहसचिव विकास प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको थियो भने सदस्यद्वय दिलकृष्ण माक र राजेश दिस्तीले पनि भक्तपुर काण्डबारे बोल्नुभएको थियो ।

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.