Explore news and happenings at Bhaktapur

काठमाडौं कलंकीस्थित निसर्ग वाटिका विद्यालयका विद्यार्थीहरु भक्तपुर अध्ययन भ्रमणमा

२०८२ भदौ ४

0
काठमाडौं कलंकीस्थित निसर्ग वाटिका विद्यालय कक्षा १० मा अध्ययतरत विद्यार्थीहरुले भक्तपुर अध्ययन भ्रमणका क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग साक्षात्कार गरेका छन् ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरको भूगोल, जनसंख्या, कला संस्कृति, सम्पदा संरक्षण, शैक्षिक अवस्था, विकास मोडल, वातावरण संरक्षणमा गरिरहेका गतिविधिहरुबारे अवगत गराउँदै भक्तपुरलाई संसारकै आकर्षक र पर्यटकीय गन्तव्यस्थल बनाउन नवीनत्तम पाइलाहरु चालिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले देशको लागि आवश्यक उत्कृष्ट जनशक्तिहरु उत्पादन गरिरहेको बताउँदै नपाले प्रदान गर्दै आएको शैक्षिक ऋण र छात्रवृत्तिबाट धेरै विद्यार्थीहरु लाभान्वित भएका छन् भन्नुभयो ।
प्रमुख प्रजापतिले गगनचुम्बी भवन र चौडा सडक बनाउनु मात्र विकास होइन भन्दै उहाँले भक्तपुर नपाले भक्तपुरको सन्तुलित विकास गर्न यहाँको भौतिक विकास सँगसँगै जनचेतनाको पनि विकास गरिरहेको बताउनुभयो ।
भक्तपुरका सम्पदाहरु अवलोकन गर्न देश विदेशबाट पर्यटकहरु आउने क्रम बढिरहेको बताउँदै उहाँले भक्तपुर नपाले नगरका सबै विद्यालयहरुमा स्थानीय पाठ्यक्रम अध्ययन अध्यापन गराउँदै यहाँका कला संस्कृति, जात्रा पर्व, विशिष्ट व्यक्तिहरुको जीवनी आदि अध्यापनमा जोड दिँदै आएको बताउनुभयो ।
निसर्ग वाटिका स्कूलको सामाजिक विषयका शिक्षिका रेगिना चित्रकारले सामाजिक विषय अध्ययनअन्तगर्त निसर्ग बाटिका स्कूलले भक्तपुरको शैक्षिक अध्ययन भ्रमण गर्न पाएको खुशी व्यक्त गर्दै नगरपालिकाले सबै क्षेत्रमा उत्कृष्ट काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले भक्तपुरको विकास मोडल, नपाले प्रदान गर्दै आएको शैक्षिक ऋण तथा छात्रवृत्रिको व्यवस्था, भक्तपुरमा जलवायु परिवर्तनको असर, पोखरीको पानीको स्रोत संरक्षण आदिबारे जिज्ञासा राखेका थिए ।
नगर प्रमुख प्रजापतिले शिक्षिका रेगिना चित्रकारमार्फत विद्यालयको लागि नपाका प्रकाशनहरु प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.