Explore news and happenings at Bhaktapur

पाठशाला नेपाल फाउन्डेसनका विद्यार्थीहरु भक्तपुर नगरपालिका अध्ययन भ्रमणमा

२०८२ भदौ १

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौंस्थित पाठशाला नेपाल फाउन्डेसनका विद्यार्थीहरुको साक्षात्मकार कार्यक्रम आइतबार भनपा सभाकक्षमा सम्पन्न भयो ।
भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक सम्पदा अवलोकन तथा नगरपालिकाको सेवाप्रवाहबारे जानकारी लिने उद्देश्यले पाठशाला नेपालका फाउन्डेसनका विद्यार्थीहरु भक्तपुर भ्रमणमा आएका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर देशकै लागि सुशासनमा नमुनाको रुपमा अगाडि बढिरहेको बताउँदै पारदर्शिता, इमानदारिता र आर्थिक सुशासनमार्फत भक्तपुरले समृद्धि हासिल गरिरहेको बताउनुभयो ।
शैक्षिक गुणस्तरमा प्रतिस्पर्धाको नीतिले भक्तपुरको शैक्षिक प्रगति सम्भव भएको बताउँदै उहाँले नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुलाई समान व्यवहार गर्दै विद्यार्थीलाई योग्य बनाउने नीति अवलम्बन गर्दै आएको बताउनुभयो ।
भक्तपुरका लोपोन्मुख अवस्थामा रहेका मूर्त र अमूर्त सम्पदाहरूलाई भक्तपुर नपाले प्राथमिकताको आधारमा संरक्षण र संवद्र्धन गर्दै आएको बताउँदै उहाँले नयाँ पुस्तालाई सम्पदाको महत्वबारे जानकारी दिन विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागू गर्दै आएको बताउनुभयो ।
भक्तपुरको शैक्षिक नतिजा प्रगतिउन्मुख बनिरहेको प्रसंग जोड्दै उहाँले नपाबाट सञ्चालित कलेजले सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै देशकै नमुना कलेजको रुपमा सञ्चालन भइरहेको बताउनुभयो ।
क्षेत्रफलको हिसाबले देशकै सानो भक्तपुर नगरपालिकालाई आत्मनिर्भर बनाउने प्रयत्न गरिरहेको बताउँदै उहाँले विदेशी सहयोगविना नै भक्तपुरका सयौं सम्पदाहरु जनताको साथ र सहयोगमा ठडिएको उदाहरणीय कामहरु भएको बताउनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय प्रो। लोकराज दुलालले भक्तपुरका कला संस्कृतिबाट देशविदेशका पर्यटकहरु लोभ्याउने खालका रहेको बताउँदै भक्तपुर एउटा जीवित संग्रहालयको रुपमा रहेको बताउनुभयो । उहाँले भक्तपुरको शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण तथा विकास निर्माणका कार्यहरु पनि उदाहरणीय कार्य भइरहेको बताउँदै अध्ययन अनुसन्धानको लागि उपयुक्त थलोको रुपमा पनि भक्तपुरको विकास हुँदै आएको बताउनुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले पाठशाला स्कूललाई नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.