भक्तपुर नगरपालिकाद्वारा १४० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान
भक्तपुर । २०८२ साउन २३
भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०८२।८३ को लागि भक्तपुर नगरपालिकाअन्तर्गत विद्यालयहरुमा कक्षा ११।१२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुको छात्रवृत्ति छनोट परीक्षामा उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई आज एक कार्यक्रमको आयोजना गरी सिफारिस पत्र वितरण गर्यो ।

कार्यक्रममा बोल्दै उहाँले भक्तपुरलाई शैक्षिक गन्तव्यस्थलको रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्यले सार्थकता पाउँदै गइरहेको बताउँदै भक्तपुरको सामुदायिक र संस्थागत विद्यालयको नतिजा उत्कृष्ट बनाउन विद्यालयहरुले मेहेनत गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेका शैक्षिक संस्थामा अध्ययन गर्न देशैभरिका विद्यार्थीको आकर्षण बढिरहेको बताउँदै उहाँले आ.व. २०८२।८३ मा ख्वप कलेजमा कक्षा ११ मा १८०० भन्दा बढी विद्यार्थीहरु उच्चको लागि भर्ना हुन आएको बताउनुभयो ।
प्रतिस्पर्धामा टिक्न नसक्ने विद्यालयहरुको अस्तित्व विस्तारै हराउँदै जानेतर्फ सचेत पार्दै उहाँले भक्तपुर नपाले शिक्षाको गुणस्तरमा कुनै किसिमको सम्झौता गर्दैन भन्नुभयो ।
सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले नपाले कलेजहरु सञ्चालन गरेको बताउँदै उहाँले अनुशासित र इमानदार बनाउने प्रयास विद्यालयहरुबाट हुन जरुरी रहेको बताउनुभयो ।
उच्च शिक्षाको जग माध्यमिक शिक्षा भएकोले आफ्नो क्षमता र रुचिअनुसारको विषय छनोट गरी विद्यार्थीहरुले अध्ययनमा जोड दिनुपर्ने बताउँदै उहाँले भक्तपुर नपाले वार्षिक ४ करोडभन्दा बढी छात्रवृत्तिहरु प्रदान गर्दै आएको बताउनुभयो ।

उहाँले छात्रवृत्तिमा अध्ययन गर्न पाउनु नै विद्यार्थीहरुको लागि ठूलो अवसर भएको बताउँदै देश निर्माणमा विद्यार्थीहरुले मेहेनतका साथ अध्ययन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले विद्यार्थीलाई दिइने छात्रवृत्ति भनेको उच्च शिक्षा अध्ययनको लागि एउटा अवसर हो भन्दै विद्यार्थीहरुलाई अझ मेहेनतका साथ अगाडि बढ्न प्रेरित गर्नुभयो ।
उक्त कार्यक्रममा ख्वप माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद कर्माचार्य र नगर शिक्षा शाखा प्रमुख साधुराम फुँयाल विद्यार्थीहरुलाई देश र समाजप्रति उत्तरदायी भएर अध्ययन गर्न मार्गनिर्देश गर्नुभयो ।
भक्तपुर नपाले शैक्षिक वर्ष २०८२।८३ को लागि विज्ञानतर्फ ५३, व्यवस्थापनतर्फ ६७ जना, मानविकीतर्फ ५ जना, शिक्षा संकायतर्फ ८ जना र कानुनतर्फ ७ जना गरी जम्मा १४० जना विद्यार्थीलाई सिफारिस पत्र वितरण गरेको थियो ।
