चिनियाँ तथा जापानी भाषा तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण
भक्तपुर । २०८२ साउन १५ बिहिबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुुर नगरपालिकाद्धारा सञ्चालित ४ महिने चिनियाँ तथा जापानी भाषा प्रशिक्षणको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम बिहिबार सम्पन्न भयो ।

२०८१ चैत्र १० गतेबाट शुरु भएकोे सो आधारभूत तालिममा नियमित रुपमा चिनियाँ भाषातर्फ २२ जना र जापानी भाषातर्फ १० जनाले तालिम प्राप्त गरेका थिए ।

तलिमले ज्ञानको दायरा फराकिलो र व्यापक बनाउने हुुने हुुँदा त्यसमा निपुण हुनको निम्ति निरन्तर मेहनत र लगनशील भई लाग्नुका साथसाथै प्रशिक्षार्थीहरुले राम्रोसँग अध्ययन गरी भाषा विज्ञ बन्न उहाँले मार्गनिर्देश गर्नुुभयो ।
अध्ययन आफ्नो व्यक्तिगत विकासको लागि मात्र नभई समाज र देशको निम्ति हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा जापानी भाषा प्रशिक्षक सिताराम सिबन्जारले आफुु २० बर्ष अगाडि प्रशिक्षार्थी भई तालिम लिएको र आज प्रशिक्षकको रुपमा प्रशिक्षण गर्न पाउँदा निकै गौरवान्वित महसुस भएको बताउनुभयो ।
त्यस्तै चिनियाँ भाषा प्रशिक्षक राजेन्द्र चवालले प्रशिक्षार्थीहरुको भाषाप्रतिको निरन्तर मिहिनेत, लगाव र उत्साहजनक उपस्थितिले कक्षा सञ्चालनमा थप उर्जा मिलेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरु चिनियाँतर्फ प्रतिमा प्रजापति र प्राश्ना खर्बुजा, जापानीतर्फ प्रदिप मानन्धरलाई पुरस्कार वितरण गर्नुका साथै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो र सम्मान स्वरुप प्रशिक्षकद्धयलाई मायाको चिनो प्रदान गर्नुभयो ।
कार्यक्रममा चिनियाँ भाषाका प्रशिक्षार्थी ईश्वर पलिखेल र जापानीतर्फ नरेशा मुलगुठिले तालिमबारे आफ्नो अनुुभव सुनाउनुभयो ।
