नगर प्रमुख प्रजापतिद्वारा शिशुस्याहार तथा बालविकास केन्द्रहरूमा निरीक्षण
भक्तपुर । २०८२ साउन १४, बुधबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहार तथा बालविकास केन्द्रहरुको स्थलगत निरीक्षण गर्नुभयो ।
भक्तपुर नगरपालिकाले हाल भनपा वडा नं. १ दुढपाटी, वडा नं. 4 मंगलतीर्थ, वडा नं. ७ कार्यालय, वडा नं. ७ खँचा, वडा नं. ८ लिबाली र वडा नं. ६ भोलाछेँ गरी ६ स्थानमा शिशुस्याहार केन्द्रहरु सञ्चालन गर्दै आएको छ ।
भार्वाचो शिशुस्याहार केन्द्रमा ४३ जना, मंगलतीर्थ शिशु स्याहार केन्द्रमा २९ जना, गोल्मढी शिशु स्याहार केन्द्रमा ४० जना, खँचा शिशुस्याहार केन्द्रमा ३४ जना, भोलाछेँ शिशु स्याहार केन्द्रमा ४४ जना र लिबाली शिशुस्याहार केन्द्रमा ३९ जना गरी २२९ जना शिशुहरु भर्ना भएका छन् ।

